प्रि–सिजनका उत्कृष्ट पाँच क्लब फुटबल

एजेन्सी, फ्रान्स । विश्व फुटबलका सबै खाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सम्पन्न हुने अवस्थामा छन् । कोपा अमेरिका, दि नेसन्स युरो क्वालिफायर्स, यू–२० युरोस र महिला विश्वकप जस्ता प्रतियोगिताहरू सकिइसकेका छन् । स्पेनिस, इटालियन, फ्रान्सेली लिगहरूको ड्र पनि सार्वजनिक हुने अवस्थामा छ र केही लिगको ड्र सार्वजनिक पनि भइसकेको छ ।

क्लबहरूको लिग सञ्चालन हुनुभन्दा पहिले अर्थात प्रि–सिजनमा केही उत्कृष्ट क्लबको मैत्रीपूर्ण खेलहरू हुँदैछन् ।
म्यान्चेस्टर युनाईटेटविरुद्ध इन्टर मिलन (२० जुलाई) इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत म्यान्चेस्टर युनाइटेड र इन्टर मिलनले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको पहिलो खेलमा इटालियन क्लब र इंग्लिस क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । युनाइटेडले गएको सिजन प्रिमियर लिगको पाँचौँ स्थानमा रहेर सिजन अन्त्य गरेको थियो । यता मिलनले प्रिमियर लिगमा चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।
यो खेलमा भने दुवै टोली जितको लागि मैदान उत्रनेछन्

४) वार्यन म्युनिखविरुद्ध एसी मिलन (२३ जुलाई)
जर्मन बुन्डेस लिगा च्याम्पियन क्लब वार्यन इन्टरनेस्नल च्याम्पियन्स कप अन्तर्गत आफ्नो पहिलो खेलमा सिरी ए क्लब एसी मिलनसँग प्रतिस्पर्धा गर्दैछ । वार्यन सन् २०१८–१९ को बुन्डेसलिगा च्याम्पिनय जर्मन क्लब हो । मिलन भने सिरी ए मा पाँचौं स्थान रहँदै इटालियन लिग अन्त्य गरेको टोली हो ।

दुवै टोली तुलनात्मक हिसाबले बलियो टोली हुन् । यो जुलाईमा हुने खेलमा हुने क्लबका खेलहरूमा यो खेललाई पनि उत्कृष्ट खेलको रूपमा हेरिएको छ ।

३) बार्सिलोनाविरुद्ध नेपोली (८ र १० अगस्ट)
निस ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले ८ र १० अगस्टमा नेपोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछन् । तुलनात्मकरूपका दुबै क्लब उत्कृष्ट हुन् । सिरी ए मा दोस्रो स्थान रहँदै सिजन अन्त्य गरेको नेपोली इटालियन क्लब हो । उता ला लिगाको उपाधि उचालेको बार्सिलोना स्पेनिस क्लब हो ।
दुबै क्लबले क्लब मैत्रीपूर्ण खेलअन्तर्गत प्रतिस्पर्धा गर्न लागेका हुन् । यो प्रि–सिजनमा हुन लागेको दुवै टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

२) लिभरपुलविरुद्ध बोरुसिया डर्टमन्ड (२० जुलाई)
युरोपियन च्याम्पियन लिभरपुलले क्लब मैत्रीपूर्ण खेलअन्तर्गत बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुल गएको सिजन प्रिमियर लिगमा दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको क्लब हो । यता डर्टमन्ड पनि बुन्डेसलिगामा दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको टोली हो । लिभरपुल तुलनात्मरूकपमा डर्टमन्डभन्दा बलियो टोली हो । क्लब मैत्रीपूर्ण खेलमा दुवै टोलीबीचको खेल हेर्न लायक हुनेछ ।

१) रियल मड्रिडविरुद्ध एट्लेटिको मड्रिड
स्पेनिस क्लब रियल मड्रिड गएको सिजनमा एउटा पनि मुख्य उपाधि नजितेको क्लब हो । रियलले सिजन २०१८–१९ मा कुनै खाले क्लब उपाधि उचाल्न सकेन । ला लिगा र च्याम्पियन्स लिगमा सर्वाधिक उपाधि जितेको रियल नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।
रियलले प्रि–सिजनअन्तर्गत बलियो प्रतिस्पर्धी एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । रियलले इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत पहिलो खेलमा एट्लेटिको मड्रिडलाई प्रतिस्पर्धीको रूपमा पाएको हो ।

प्रतिक्रिया