महिला भन्दा बढि यौनशोषणमा पर्छन इराकमा पुरुष

लन्डन, एजेन्सी । अरब जगतमा बीबीसीले गरेको एक सर्वेक्षणले इराकमा महिलाको तुलनामा धेरै पुरुष शारीरिक यौन शोषणबाट पिडित भइरहेको देखाएकोछ । बीबीसी न्युज अरबले १० देश र प्यालिस्टाइन क्षेत्रमा एक सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणमा दुई देश ट्युनिसिया र इराकमा महिला भन्दा धेरै पुरुषले आफु विरुद्ध मौखिक वा शारीरिक उत्पिडन भएको बताए ।

ट्युनिसियामा यो अन्तर कम देखिन्छ । यहाँ मात्र १ प्रतिशतले उत्पिडित पूरुष बढी छन् । तर इराकमा यो अत्यन्त धेरै देखिएकोछ । यहाँ ३९ प्रतिशत पुरुषले मौखिक यौन उत्पिडन झेलेको बताए । महिलामा यो ३३ प्रतिशत मात्र रहेको छ । त्यसैगरी २० प्रतिशत इराकी पुरुषले उनीहरु शारीरिक यौन उत्पिडनको सिकार भएको बताए । यस प्रकारको उत्पिडन झेल्ने महिला १७ प्रतिशत रहेकोे छ ।

कयौं इराकी पुरुषले आफुमाथि घरेलु हिँसा हुने गरेको बताएका छन् । महिला अधिकारको मामिलामा यो देश अत्यन्तै खराब स्थितिमा रहेकोले सर्वेक्षणको नतिजा आफैमा चकित पार्ने खालको भएका बताइएको छ । इराकी कानुनमा पतिद्वारा पत्नी पिटिनुलाई गैरकानुनी मानिन्दैन । तर सर्वेक्षण गर्ने सोध सन्जाल, अरब बेरोमिटरमा आवद्ध एक सहयोगी सोधकता डाक्टर क्याथरिन थमसले भनिन्– यौन उत्पिडनको मामिलामा महिलाहरु खुलेर बताइरहेका हुँदैनन् भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ ।

उनले भनिन्– एक संवेदनशिल मसलामा केही सोध्नु, जस्तो उत्पिडनको बारेमा, हुनसक्छ उनीहरु यस विषयमा खुलेर बताउँदैनन् । ह्युमन राइट वाचका वरिष्ठ इराकी रिसर्चर बेल्किस विल यस विषयमा सहमति जनाउँछन् । उनी भन्छिन्– महिला प्राय अगाडी आएर आफु माथि भएका घरेलु तथा यौन उत्पिडनका बारेमा बताउँदैनन् । उनीहरुले यी शब्द कहिल्यै नसुनेको पनि हुनसक्छ ।

इराकका अस्पतालमा सुरक्षाबल हुने गर्छ । यदि कुनै महिलाले आफु विरुद्ध शोषण भएको बताउँछन् भने, डाक्टरले यस विषयमा सुरक्षाबललाई जानकारी गराउनु पर्ने हुन्छ । त्यसैले महिलाहरु प्राय झुठ बोल्छन र अपराधीलाई बचाउँछन् । विशेषगरी जब ती पूरुष परिचित नै हुन्छन् । उनले सबै कुरा बताएमा आपराधिक जाँच हुने र त्यसले सजायँको भागिदार हुनु पर्ने खतरा रहन्छ – उनले बताइन् ।
ह्युमन राइट वाचलाई पनि इराकमा समलिंगी पुरुष र ट्रांन्स महिलामाथि हुने यौन हिँसाका बारेमा थाहा छ । यद्यपी यी मामिला प्राय प्रहरी समक्ष उजुरी नै हुने गरेको छैन ।

इराकमा समलिंगीहरुका लागि काम गर्ने एक स्विडेन स्थित एनजिओ इराक्विरका संस्थापक आमिरले भने– समलिंगी र ट्रान्स पुरुष इराकमा लगातार यौन उत्पिडनका शिकार हुने गरेका छन् । यी घटनाहरु प्रहरीमा उजुरी नै पर्दैनन् , किनभने सामाजिक संरचना पुरुषलाई यी विषयमा कुरा गर्न अनुमति नै दिँदैन । आफु समलिंगी भएको थाहा पाउला भरेर पनि उनीहरु यी घटनाको उजुरी गर्दैनन् । त्यसपछि उनीहरु हिँसा र भेदभावका शिकार हुनेछन् ।

१३ बर्षमा बलात्कारको शिकार भएका समी अहिले २१ बर्ष भइसकेका छन् । इराकमा पुरुषमाथिको बलात्कार पनि कानुन विरुद्ध रहेको तर प्रहरी र समाजमा सामान्यतय पिडित प्रति संवेदना नभएको उनी बताउँछन् । उनले भने– यदि कुनै पुरुष बलात्कारको घटना दर्ता गराउन जान्छ भने प्रहरीले नै उसलाई हाँसोको पात्र बनाउँछन् । १३ बर्षको उमेरमा उमाथि जेजस्तो कुकृत्य भएको थियो , त्यतिबेला उनलाई नै दोषी बनाइएको थियो । ‘ कानुन मेरो पक्षमा छ, तर कानुन लागु गर्नेहरु छैनन् ‘ उनले बताए ।

प्रतिक्रिया