मुक्तिनाथ बैंक र चिरायु अस्पतालबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ । मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया