कृषि मन्त्रि खनालद्धारा केन्द्रिय बिषादी प्रयोगशालाको निरिक्षण

काठमाडौं । भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षण नगरिकन नेपाल आयात गर्न थालिएको प्रसंगले चर्चा पाईरहदा कृषि तथा पशुपन्छी विकास मन्त्रि चक्रपाणी खनालले भने केन्द्रिय बिषादी प्रयोगशालाको अबस्थावारे जानकारी लिएका छन । शुक्रबार बर्खे झरीको प्रवाह नगरि कालिमाटी पुगेर उनले कालीमाटी फलफूल तथा तरकारी बजार भित्र रहेको प्रयोगशाला वारे जानकारी लिएका हुन । केन्द्रिय बिषादी प्रयोगशालाको अबस्था कस्तो छ ? कसरी काम गरिएको छ ? भन्ने वारे वुझ्न मन्त्रि खनालले अवलोकन गरेका छन ।

अवलोकनको सिलसिलामा उनले पछिल्लो समय विषादीको आ–आफ्नै ढङगवाट वहस हुनु सकरात्मक रहेको बताए । बहसले जनमानिसलाई सचेत गराउनुका साथे सरकारलाई पनि जिम्मेवारी बोध गराई अन्य प्रविधि स्थापना गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको तर्क थियो ।

२०७१ साल अगाडि नेपालमा कुनै पनि विषादी ल्याव नभएको सुनाउदै मन्त्री खनालले ०७१ सालमा अन्तराष्ट्रिय निकाय एफएओको सहयोगमा कालिमाटि फलफुल तथा तरकारी वजारमा प्रयोगशालाको स्थापना गरकोे वताए । कालिमाटि फलफुल तथा तरकारी वजारको प्रयोगशालाको ल्यावमा चेक हुन थालेपछि ल्यावको महत्व जरुरी ठानी वाहिर ७ वटा र केन्द्रमा १ गरी ८ वटा ल्याव सञ्चालनमा ल्याइएका मन्त्री खनालले जानकारी दिए ।

‘ल्याब स्थापना भएपनि कालिमाटि फलफुल तथा तरकारी वजारमामा नियमित परिक्षण हुने र वाहिरका ल्यावहरुमा नियमित चेक हुने गरेको थिएन’ उनले भने, ‘पछिल्लो समय विषादीको कुरा उठ्दै गर्दा अहिले वाहिर पनि नियमिति रुपमा चेक भैरहेको छ ।’

अहिले नेपालमा १६९ प्रकारका विषदी र ति विषादीको मिसावटबाट बन्ने ३ हजार ३५ प्रकारको विषादी प्रयोग गर्ने गरेको पाइन्छ । चालु आर्थिक वर्षमा सरकारले ५ प्रकारको विषादी पूर्ण रुपमा प्रयोगमा प्रतिवन्ध लगाएको छ ।

 

विश्वभरी विषादीको प्रयोग हुने र त्यसको स्तर र वैज्ञानिकता पत्ता लगाई पछिल्लो समय सरकारले २१ वटा विषादीहरु प्रतिवन्ध लगाएको छ । सिमा नाकाहरुमा एकएक गरी प्रत्येक ट्रकबाट निकालेर चेक गर्ने तरीका उपयुक्त नभएको भन्दै मन्त्रि खनालले सवै राष्ट्रको सहमतिमा बैज्ञानिक ढंगले चेकजाँच हुने वताए ।

सो अवसरमा मन्त्री खनालले देशलाई आर्गनिक र प्राङगारीक वनाउने आफ्नो नेतुत्वमा १५ सदस्यीय समिति गठन गरी प्रदेश नं १, ३ र गण्डकी र कार्णाली प्रदेशमा ५२ करोड रुपियाँ विनियोजित गरि रासायनिक मल घटाउने अभियान सञ्चालन गरेको स्मरण गराए । भारत जस्तो विकसित मुलुकमा औलामा गन्न सक्ने ल्याव भएको भन्दै नेपालपनि प्रयाप्त ल्याव नहुनु र ल्याव भएपनि जनशक्ति लगायत अन्य प्रविधि नभएको वताए ।

प्रतिक्रिया