अच्युतप्रसाद पौडेल ‘चिन्तन’
पुर्वीयचिन्तनमा परमेश्वरकोे चर्चा सबैतिर पाइन्छ । परमेश्वर, परमतत्व, ब्रह्मभाव सवै जीवात्मामा निराकार रूप लिएर चित्स्वरूपमा रहेको र जगत्मा सगुण, साकारस्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरूले ब्याख्या गरेका छन् । हाम्रा श्रुति (वेद) हरूले परमतत्व जीवात्मामा आराम तत्व लिएर हर प्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन् भने स्मृति (पुराण) हरूले परमेश्वरका परम लीला प्रसंग, अवतार कथाहरू अत्यन्त रसिलो ढंगले प्रस्तुत गरेका छन् ।
परमेश्वरका अनेक अवतारहरूमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भदिन स्मरणस्वरूप चैत्रशुक्ल मध्यान्ह १२ बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रूपमा मानिएको छ । अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भवाट प्रकट भएका श्रीराम अघि स्वायम्भूमनु एवं शतरूपा महारानीका
तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंगहरू प्रशस्त पाइन्छन् ।संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक ब्याधा थिए । मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपस्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसंगहरूको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखवाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रूप लिएका प्रसंगहरू पनि यत्रतत्र भेटिन्छन् । सवैै मानिसका लागि बेद सरल र सहज छैन परंन्तु आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुदै संसारभरि फैलिएको छ ।
रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार नै हो भनिन्छ जसले रामको नाम लिन्छ, रामायण काब्यको अध्ययन गर्छ ऊ स्वयं कवि बन्न पुग्छ । आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ भनिएको छ । शोक भय, चिन्ता ब्याकुलतामा परेका हरूको सही र शुद्ध औषधि तत्व भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लीलाहरूको संकीर्तन नै हो । ब्यवहार परस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्य समेतले रामायणको चर्चा गर्न छाडेका छैनन् । अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका ुसमस्त जीवहरूको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा ब्रहाण्डका सारा विषय वासनाहरूसमेत मोहित बन्न पुग्छन् । धर्तीमा रहेकोृ प्रदूषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न वेलावखत धर्तीैमा देखिने दुष्ट राजाहरूको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावनदिनलाई रामनवमीको नामले पुकारिन्छ ।
दशरथले राममा पाएको पितृस्नेह, पत्नीब्रत धर्म अर्धांगिीनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आजपनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ । रामायण मानवजीवनको यथार्थपरक आस्था हो, व्यवहारत एउटै कडी हो जसबाट नजीकै आएको राज्य सुखभोग, ऐस आरामलाई सीधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन संचालन गर्न सवैलाई संस्मरण गराउँछ । राम बनवास जाँदा दुुखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन्् । जीवनका लागि यो भन्दा ठूलो त्याग के पााइन्छ । बाबुको बचनलाई एक रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतिक श्रीराम आदर्श पति आदर्श पुत्र आदर्श भाइ र आदर्श राजा समेत हुन । सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमूना रामायणले हर मानवलाई अनुशासित बन्न प्रेरित गर्दछ । गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ठ र सर्वाेत्तम शास्त्र हो ।
नेपालभूमि, जानकीको जन्मभूमि जनकराजको जन्म र कर्म थलो पूर्वीय चिन्तनको भण्डार जनकपुर क्षेत्रमा सत्संगकै क्रममा राजा जनकले देवर्षि नारदसंग भगवान्को अवतार प्रसंगवारे प्रश्न राख्दा भगवान्का अंशांश अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य ६ अवतार बताइएको थियो । पूर्वीयदर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ । सृष्टिका उषाकालमा मरिचि आदि ऋषिमुनिहरूलाई अशांशका अवतारका रूपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंशअवतार कपिलदेव, कच्छपअवतारलाई कलाअवतार, परशुरामलाई आवेशअवतार, रामलाई पूणअवतार र श्रीकृष्णलाई परिपूर्णतमअवतार मानिएको छ । युगयुगमा परमेश्वरले आवश्यकताअनुसार अवतार लिने बारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमदगवत् गीतासम्ममा चर्चा भएको पाइन्छ ।
शिवगीतामा देवी पावर्तीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसंगहरू सुनाइएको छ । कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ । सृष्टि सञ्चालनका लागि, बाधा फूकाउन लौैकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसंग देखा पर्छ । हिरण्यराजले उपद्व्रव गरिएकी पृथ्वीलाई बचाउन बराह, हिरण्यकशिपुको आवेगवाट प्रल्हादलाई वचाउन नृसिह, समुद्रमन्थनबाट प्राप्त अमृतको दुरूपयोगबाट रोक्न मोहिनी, समुद्रमन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राणदिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि साँख्य योग सिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरूबाट धर्तीलाई संरक्षण दिन रामअवतार भएको चर्चा पाइन्छ । दुष्ट राजाहरूको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्ध अवतार लिने प्रसंग पनि शास्त्रहरूमा वर्णित छ । त्यस्तै, महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्कि अवतार लिने पनि भविष्यवाणी गरिएको छ ।
श्रीरामको जन्मदिन रामनवमीपर्व हामी सबैका लागि महत्वपूर्ण दिन हो । यसपर्वमा मुलुकभरका राममन्दिर एवं अन्यान्य देव, तीर्थस्थगलहरूमा विशेष भीडभाड नै हुन्छ । त्रेतायुगमा रावणले ब्रह्माण्डलाई नै असह्य कष्ट दिएपछि धर्तीमाता गाईका रूपमा ब्रह्मासामु पुगेको र ब्रह्मा आदि देवताहरूले क्षीरसागरबासी श्रीनारायणसामु रोदन प्रकट गरेपछि आपूmले धर्तीमा मानवरूपमा आई संसारलाई त्राण दिने वचन पूरा गर्न अयोध्या नरेश दशरथका कुलमा चारभाइ चारअंशका रूपमा जन्म लिने वाचा पूरा गर्न श्रीविष्णुले राम अवतार लिएका हुन् ।
सूर्यवंशी अयोध्या नरेशको सन्तान नहुँदा गुरु वशिष्ठ सामु दुःख प्रस्तुत हुँदा गुरु आज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा श्रृङ्गिऋषिबाट सो महायज्ञ हुँदा यज्ञबाट अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरूलाई बाँड्नू भनेपछि रानीहरूमा गर्भ रहँदा खीर पायसका प्रभावले वीर चार पुत्ररत्नहरू प्राप्त भएको प्रसंग शास्त्रहरूमा चर्चा भएको छ ।
रामायणको विविधता अनुसार पायसको चर्चा पनि फरक फरक भएको देखिन्छ । रानी कोशल्या र कैकेयी नजिक रहेकी र सुमित्रापछि आइपुगेकीले दुईभागमा विभक्त कौशल्या र कैकेयीका खीर भाग रानी सुमित्रालाई बाँडेर दिँदा सुमित्रामा २ गर्भ रही लक्ष्मण र शत्रुघ्न २ पुत्र प्राप्त भएको चर्चा पाइन्छ । कौशल्याको भागको पायसबाट लक्ष्मण र कैकेयीको भागबाट शत्रुघ्न भएकाले स्वभाव पनि उस्तै उस्तै राम र भरतसँग मिल्दोजुल्दो भनिएको छ ।
पायसवितरणको प्रसंगले हनुमानको उदयको चर्चा पनि जोडिन पुग्छ । रानीहरूले पाएको खीर पायस दरबारको कौसीमा गएर खाँदा आकाशबाट एउटा चील आएर सुमित्राको हातको पायस टपरी लिएर गयो । आफ्नो पायस उडाएर लैजाने चील भने देवसभाकी अप्सरा भएकी र इन्द्रसभामा नृत्य प्रस्तुत गर्दागर्दै खुसी भएका इन्द्रको आग्रहमा मोतीको माला लगाई दिँदा ब्रह्माले यो देखेर रिसाएर चीलले सिनो झम्टेर लिएझैे माला लिएकीले चील योनिमा जन्महोस् भनी श्राप दिएपछि देवताहरूको आग्रहमा चीलले देवताको सहयोगमा सुकर्म गरेपछि यो योनि छुट्ने वचन ब्रह्माजीले नै दिएकाले सुमित्राको पायस लिने यही चीलले त्यो पायस लगेर किष्किन्धाको गुफामा बसेकी पवनपत्नी अञ्जलिसामु राखिदियो । देवलोकबाट प्रसाद प्राप्त सम्झी अञ्जलिले त्यो पायस खाँदा पवनपुत्रका रूपमा शिवस्वरूप हनुमानको जन्म भएको र रामलाई आपद् उद्धारहेतु सहयोग गरेको चर्चा पनि रोचक छ । तिथिका हिसाबले रामनवमीको लगत्तै पछि चैत्रशुक्ल त्रयोदशीमा हनुमान जयन्ती मनाउनुको पछाडि यो रहस्य सान्दर्भिक नै ठहरिन्छ । नेपालको कर्णाली, महाकाली भारतको सरयुनदी बन्न पुग्छ, यसैका किनारमा अयोध्या क्षेत्रमा सूर्य मेष राशिमा, पाँच ग्रह उच्च भएका वेला, कर्कटलग्न, पुनर्वसु नक्षत्र, अभिजितमुहुर्तमा श्रीरामले धर्तीअवतरण गर्नुभएको र यो समय देवताहरूले पुष्पवृष्टि गरेका रोचक प्रसंगहरू शास्त्रकारहरूले निकै भावपूर्ण ढंगले वर्णन गरेका छन् ।
कौशल्याको प्रसूतिकक्षमा श्रीराम प्रकट हुँदा २० फिट लामो आकार, हातमा शंख, चक्र, गदा, पद्यसहित, श्यामवर्ण, पीताम्बरधारी, मुकुटको पहिरनसाथ हुनु भएको मातालाई यो अद्भूत दर्शनले चकित तुल्याएको, माताको आग्रहमा वाल्यभावमा प्रस्तुत भएपछि कोठामा बच्चा रोएको आवाज आएको तुरुन्तै अन्यरानीहरूका कोठाबाट बच्चाको रोदन सुन्न थालिएको, राजप्रासाद हर्षले विभोर भएको, अनेकौं शुभकामना आदानप्रदान, गोदान, नान्दीमुखीश्राद्ध आदि कर्म भएको, जातसंस्कार कार्यमा प्रचुर धनदान भएको प्रसंग सन्त तुलसीदासले वर्णन गर्नुभएको छ भने जताततै वेदध्वनि, शंख, घण्टका आवाज, भक्तिगीतहरू, भजन, संगीतहरू गुञ्जिएका अयोध्याका साह्रा स्थानहरू सजिएको चर्चा पनि रामायणहरूमा भएका छन् ।
श्रीरामका तिन प्रमुखस्वरूपमध्ये आधिभौतिकस्वरूपमा– कर्मयोगी आदर्शमानवकारूपमा चिनिन्छन् भने आधिदैविक स्वरूपमा भन्नु पर्दा उनी व्यापक ब्रह््म हुन् । आध्यात्मिकदृष्टिले उनी ज्ञानरूपी सवैका अन्तरआत्मा हुन् । त्यस्तै दशरथका तिन स्वरूपमध्ये आधिभौतिक– अयोध्या नरेश धर्मभीरु राजा, आधिदैविकमा भन्नुपर्दा उनी देवांशस्वरूप मनुका सन्तान र आध्यात्मिकरूपमा जीवरूपी दशरथ १० इन्द्रिय मानवस्वरूप भन्ने बुझिन्छ । सरयुनदीका विषयमा चर्चा गर्दा– आधिभौतिकरूपमा देवनदी, आधिदैविकरूपमा देवांशस्वरूपा, आध्यात्मिकरूपमा मानवका सुषुम्ना नाडीहरू हुन् ।
अयोध्याको चिन्तन गर्दा बजारसहितको ९ प्रवेशद्वार भएको सुन्दरनगरी आधिभौतिकरूपमा बुझिन्छ भने आधिदैविकस्वरूपमा बुझ्दा श्रीविष्णुको साकेतपुरी र आध्यात्मिकरूपमा बुझ्नु पर्दा मानवह््दयरूपी अयोध्या भन्ने बुझिन्छ । त्यस्तै यज्ञलाई बुझनुपर्दा सकाम कर्मयज्ञ, विष्णुस्वरूप यज्ञ र निष्काम कर्म, भक्ति या ज्ञानयज्ञ भन्ने बुझिन्छ । बशिष्ठ गुरुको चिन्तन गर्नुपर्दा आधिभौतिकमा कुलपुरोहित गुरुदेव, आधिदैविक रूपमा उनी देवांशस्वरूपा र आध्यात्मिकरूपमा भन्नुपर्दा उनी ब्रह््मनिष्ठ भन्ने बुझिन्छ ।
माता कौशल्या आधिभौतिक रूपमा आदर्शमाता कौशल्या रानी हुन् भने आधिदैविकरूपमा शतरूपाअवतार र आध्यात्मिकरूपमा भन्नुपर्दा सत्वगुणप्रधान मानवह््दयको वृत्ति भन्ने बुझिन्छ । सुमित्राचाहिँ क्रमशः आदर्शमाता, देवांशस्वरूपा र वृत्तिरूपा नै बुझिन्छ । कैकेयीलाई क्रमशः कुमातारूपी, देवांश सदगुणी र राजसिक प्रवृतिपरायण कैकेयी भन्ने बुझिन्छ । लक्ष्मणको चिन्तन गर्दा विनयी भाइ, देवाशरूप शेष र प्रेमरूपी सखा बुझिन्छ । शत्रुघ्न भने आदर्श, देवांश र विबेकी भन्ने बुझिन्छ । १४ वर्ष वनवासको चिन्तन भने समय १४ वर्ष, रावण, कुंभकर्ण जय विजयरूपी र आध्यात्मिकरूपमा भन्नुपर्दा ५ प्रकारको मानवकर्म र ९ प्रकारको नवधाभक्ति भन्ने बुझिन्छ । मन्त्री सुमन्त्र भने श्रेष्ठ सल्लाहकार, देवांश र संयम, एकाग्रता को प्रतीक मनरूपी मन्त्री बुझिन्छ ।
प्रतिक्रिया