पानीको समस्या र सदुपयोगको आवश्यकता

के.बी. बस्नेत

गएको शताब्दीमा जनसंख्या तीन गुनाले बढ्दा पानीको माग ६ गुनाले बढेको कुराले सबैलाई चिन्तित बनाएको छ किनभने यस्तो परिवर्तनले वातावरणीय सन्तुलन धेरै नै गुमाउनुप¥यो । आधा सीमसार हराउनु, केही नदीहरू समुद्रमा नपुग्नु र २० प्रतिशत माछा लोप हुनु यसका उदाहरण हुन् ।

भूकम्पपछि भूकम्प प्रभावित जिल्लाहरूका खानेपानीका मुहान सुक्ने तथा सर्ने गरेका समस्या देखिएका छन् । त्यसैगरि तराई मधेशमा आर्सानिकको समस्या छन् । संविधानको मौलिक हकमा स्वाच्छ पानीको हक पनि समावेश गरिएको छ । यसले पनि यो विषय भनेको संवेदनशिल क्षेत्र हो । यो मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय पनि हो । त्यही कारणले स्वच्छ खानेपानी र सरसफाइको विषयलाई राज्यले जिम्मा लिनुपर्ने भन्ने सैद्धान्तिक मान्यताका आधारमा यसलाई मौलिक हकमा राखिएको हो । यसलाई विस्तारै विस्तारै मौलिक हकका रूपमा स्थापित गर्नुपर्छ भन्ने संविधानको मर्म हो । अहिलेको समस्या भनेको नेपाल एक त गरिब मुलुक अनि स्वच्छ खानेपानी आफैमा खर्चिलो विषय पनि हो ।

धेरै टाढाबाट बस्तीमा पु¥याउनुपर्ने, सिंगो गाँउ सहर बस्तीमा पु¥याउनुपर्ने कारणले यो खर्चिलो भएको हो । त्यही कारणले सरकारले आफैले लगानी गरेर र जनतालाई समेत केहि ऋण, केहि सुविधा तथा जनस्तरबाट पनि लगानी खोजेर खानेपानी जसरी पनि जनताको दिनुपर्छ भन्ने अहिलेको मान्यता हो । यसले केही समय लिन सक्छ । विस्तारै जनतालाई कसरी सुलभ सहज र निशुल्क खानेपानीको वितरण गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर हुनु पर्छ । यी उद्देश्य दीर्घकालीन रूपमा हासिल गर्नै पर्छ भन्नका लागि संविधानमा मौलिक हकका रूपमा राखिएको हो । यो उद्देश्य हासिल गर्ने बाटोमा सरकार गम्भीर भएर लाग्नुपर्छ । यो लक्ष आजै भोलि नै हासिल गर्न सकिन्छ, प्राप्ती गर्न सकिन्छ भन्ने छैन । तर, मौलिक हकका रूपमा स्वच्छ खानेपानी र सरसफाइलाई ग्यारेन्टी गरेपछि सरकार यो जनताको अधिकार स्थापना गर्नका लाग्नै पर्छ ।

जीव तथा जगतलाई निरन्तरता दिन पानीको विकल्प छैन । तर, पानीको स्रोत निरन्तर घटिरहेको छ । सन् १९१० मा एक व्यक्तिलाई जति पानी पर्याप्त थियो त्यो अहिले छैन । सन् २००० को अन्त्यसम्ममा एसिया र दक्षिण अमेरिकामा कुनै एक व्यक्तिले खपत गर्न सक्ने पानी सन् १९५० को तुलनामा लगभग एकतिहाइ मात्र भएको अनुमान छ ।

वर्तमान शताब्दीमा धेरैजसो देशमा जनसंख्या वृद्धिको कारण पानीको माग निकै नै बढेको छ । परन्तु बढ्दो वातावरणीय विनाश एवं पानीको दुरूपयोगले धेरैजसो देशमा पानीको मुहान निरन्तर रूपले सुक्दै गएका छन् । यो क्रम नरोकिएमा सन् ०२५ सम्ममा पानीको ठूलो संकट हुने कुरा एक अन्तर्राष्ट्रिय सर्वेक्षणबाट थाहा भएको छ । एक वयस्कका लागि प्रतिदिन सरदर २ देखि ३ लिटर खानेपानीको आवश्यकता पर्छ जसमध्ये ६० प्रतिशत खानेकुराबाट प्राप्त हुन्छ भने बाँकी ४० प्रतिशत खानेपानीवाट प्राप्त हुन्छ । तर, विद्यमान पानीको उपलब्धता एवं गुणस्तरको सुधार गरिएन भने प्रत्येक व्यक्तिलाई नकारात्मक असर पर्नेछ ।

मानव शरीरको ६५ प्रतिशत तौल ओगट्ने पानी एउटा विश्वव्यापक द्रावक पनि हो । परन्तु मानवीय क्रियाकलापहरूबाट पानीमा परेको असरले वातावरणीय व्यवस्थापनमा काम गर्ने व्यक्तिहरूलाई मात्र नभई सम्पूर्ण विश्वलाई नै चिन्तित बनाउँदैछ ।  वर्तमान समयमा पानीसँग सम्बन्धित रोगहरूबाट ५० लाख व्यक्तिहरू मर्छन् भने अन्दाजी २.३ अर्ब दूषित पानीको असरबाट रोगी बनेका छन् । झण्डै ६० प्रतिशत बालमृत्युदर दूषित पानीको कारणबाट हुन्छ भने प्रतिदिन ६ हजार व्यक्तिको झाडा पखालाबाट मृत्यु हुने पनि यसको परिणाम हो ।

दूषितपानीको कारणले हुने सिस्टोसोभियासिसबाट २० करोड नर–नारी प्रभावित भइसकेका छन् भने विश्वका ७४ राष्ट्रका दुई करोड जनतालाई गम्भीर असर पुगेको छ । यस्तो वातावरणमा क्षयरोग र ट्रकोमा जस्ता रोगहरू पनि निकै देखा परेका छन् । आगामी वर्षहरूमा ढल निकासको उचित प्रबन्ध नगर्ने हो भने बढी भन्दा बढी जनसाधारण्को स्वास्थ्य स्थिति दयनीय हुँदै जाने निश्चित छ । आज विश्वका १.१ अर्ब मानिस उन्नत खानेपानी आपूर्तिबाट र २.४ अर्ब उचित सरसफाइबाट बञ्चित भएको कुरा संयुक्त राष्ट्रसंघको अनुसन्धानबाट स्पष्ट भएको छ । यसरी वञ्चित हुनेहरूमा गरिबहरू नै बढी छन् ।

गएको शताब्दीमा जनसंख्या तीन गुनाले बढ्दा पानीको माग ६ गुनाले बढेको कुराले सबैलाई चिन्तित बनाएको छ किनभने यस्तो परिवर्तनले वातावरणीय सन्तुलन धेरै नै गुमाउनुप¥यो । आधा सीमसार हराउनु, केहीनदीहरू समुद्रमा नपुग्नु र २० प्रतिशत माछा लोप हुनु यसका उदाहरण हुन् । अत्यधिक जनसंख्या वृद्धि र बढ्दो पानीको प्रयोगले हाम्रो भविष्यलाई कता लैजाँदै छ ? सजिलै अनुमान गर्न सकिन्छ । अहिलेको प्रवृत्ति अवश्य पनि आशावादी छैन ।

पिउनयोग्य पानीमध्ये ७० प्रतिशत सिँचाइमा खर्च हुने गरेको वर्तमान परिप्रेक्ष्यमा पानीका समस्याहरू अझ बढ्ने प्रायः निश्चित छ । हाल विश्वका धेरै किसिमका पानीका स्रोतहरू बढ्दो जनसंख्याको कारणले बढि परिचालन गर्नुपर्ने विवशताले लोप भइसकेका छन् भने केही लाोप हुने अवस्थामा छन् । यदि यस्तो प्रवृत्ति बढ्दै जाने हो भने सन् २०२५ सम्मविश्व समुदायले ठूलो प्रकोपको सामना गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ ।

पानीको बारेमा नै कुरा गर्दा बाढी र खडेरीको कुरा गर्नु उचित हुन्छ । बाढीले धेरै मानिसहरूको अकालमा मृत्यु हुने गर्दछ । थुप्रै घरहरू भत्कने गर्दछन् र खेती योग्य जमिन पनि क्षय हुँदै जान्छ । केही वर्ष अघिको बाढीले दक्षिण पूर्वी एसियामा ठूलो असर पारेको छ । एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका अनुसार बाढी, खडेरी, बढ्दो वन विनाश, जलाधारको व्यवस्थापनमा कमजोरी, सिमसारको लोप र सहरीकरणसँग सम्बन्धित छन् । पानीको अवर्णनीय महत्व हुँदाहुँदै पनि मानवीय क्रियाकलापहरूबाट यो प्रत्येक वर्ष दूषित हुँदै गएको छ । यही दूषित पानीको सेवनले मानवीय स्वास्थ्यमा दिनप्रति दिन गिरावट आइरहेको छ ।

कृषिमा भएको बढ्दो चाप र उद्योगहरूको विस्तारले पानीको गुणस्तरलाई न्यून बनाएको छ । यदि यो अवस्थामा सुधार गरिएन भने सन् २०२० सम्ममा सहरमा बस्ने झन्डै ६९ प्रतिशत जनसंख्या पानीको समस्याबाट ग्रसित हुने अनुमान छ । संयुक्त राष्ट्रसंघको जनसंख्या महाशाखाका अनुसार सन् २०५० सम्ममा एसिया महादेशको जनसंख्या मात्र ५ अर्ब नाघ्नेछ भने विकासोन्मुख तथा अति कम विकशित राट्र«हरूको ८ अर्ब हुनेछ । त्यस समयमा यी देशका नर–नारीहरूले पानीको धेरै नै अभाव भोग्नेछन् । यसैगरी पश्चिम एसियामा पानीको समस्या चाँडै नै देखापर्नेछ । मौसम परिवर्तनले २०५० मा ९ देखि ८८ सेमी समुद्री सतह बढ्ने संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमको अनुमानले थप २० प्रतिशतमानिसहरू खानेपानीवाट वञ्चित हुने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २००५ देखि २०१५ को दशकलाई पानीको दशकको रूपमा मनाउने घोषणा गरेको थियो । उक्त दशकमा पानीको सुव्यवस्था, स्वच्छता र परिपूर्तिका लागि अभियानकै रूपमा केही प्रयास गरेपनि अपेक्षित रूपमा सफलता हासिल गर्न सकिएन । त्यसैले प्रत्येक देशमा पानीको समस्या दिनप्रतिदिन बढिरहेको छ । वास्तवमा बढ्दो जलप्रदूषणको कारणले संसारभर खानेपानीको समस्या दिनदिनै भीषण हुँदै गएको छ । अतःप्रयोग गरिसकेको पानीलाई पुनः प्रयोग गर्न सकिएमा विद्यमान पानीको समस्या केही मात्रामा न्यून गर्न सघाउ पुग्नेछ । तर हालसम्म पनि विश्वका अधिकांश देशहरूमा यस सम्बन्धमा ठोस उपलब्धि हासिल गर्न सकिएको छैन ।

प्रयोग गरिएको पानी पुनः परिचालन गर्न धेरै खर्च लाग्ने हुनाले विकासोन्मुख तथा अति कम विकसित देशहरूमा कम प्राथमिकता दिइन्छ । यी देशहरूमा जनस्वास्थ्यमा संलग्न कर्मचारी तथा इन्जिनियरहरूबीच प्रयोग गरिएको पानीको पुनः प्रयोगको सम्बन्धमा सहमति हुन नसकेकोले यस कार्यमा हालसम्म पनि ठोस प्रगति हुन सकेको छैन ।

पानीको समुचित व्यवस्थापन आजको अपरिहार्य आवश्यकता हो । दिगो विकास र भविष्यका सन्ततिको चिन्तन गर्ने हो भने पानीको प्रयोगलाई सदुपयोग गर्न धेरै नै जरुरी छ । यो बाहेक कृषि र औद्योगिक कार्यहरूबाट पानी प्रदूषित हुने अवस्थालाई रोक्नु नितान्त आवश्यक छ ।

विश्वको तापक्रम वृद्धि रोक्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ । यो बाहेक भएको सिमसार वरिपरी वातावरण प्रतिकूल काम गर्न निषेध गर्नुपर्छ भने खोला तथा नदीनालामा फोहोर फ्याक्न कानुनी रूपमा बन्देज लगाउनुपर्छ । विद्यमान कानुनको उचित कार्यान्वयन नहुँदा बढ्दै गएको पानीको समस्यालाई मनन् गरी कानुनी कारबाही कडा पार्नु पर्दछ । स्थानीय सीप तथा ज्ञानलाई बढावा दिँदै जलाधारलाई व्यवस्थित पार्नु पर्दछ । यति मात्र होइन, सशक्तीकरणको माध्यमबाट सबैलाई पानीको सदुपयोग गर्ने कार्यमा सरिक गराउन ज्यादै आवश्यक छ ।

प्रतिक्रिया