निसान किक्स ल्याउँदै पायोनियर मोटोकर्प

काठमाडौं । निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्प निसान किक्सको आधिकारिक बिक्री वितरण सुरु गर्ने भएको छ । एक महिनाअघि मात्रै भारतीय बजारमा बिक्री वितरण सुरु भएको किक्स आगामी फागुन पाँच गते नेपाली अटो बजारमा भित्रिने भएको हो ।

डिजेल र पेट्रोल दुवै अप्सनमा उपलब्ध रहेको निसान किक्समा १ दशमलगव ५ लिटरको इन्जिन लगाइएको छ । यसमा दिइएको १४९८ सिसी क्षमता पेट्रोल इन्जिनले १ सय ६ पिएस पावर र १ सय ४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले १ सय १० पिएस पावर र २ सय ४० एनएम टर्क जेनेरेट गर्छ ।

किक्समा स्ट्यान्डर्ड फिचरको रूपमा सबै भेरियन्टमा ड्युल फ्रन्ट एयरब्याग, इबिडीसहितको एबिएस, आइएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरब्याग, इएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरब्याग, इएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ । किक्सको पेट्रोल भेरियन्टले १४ किलोमिटर र डिजेल भेरियन्टले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।

किक्समा सेग्मेन्टमै पहिलोपटक ३ सय ६० डिग्री क्यामराको फिचर रहेको छ, जसलाइ टप भेरियन्लेटमा मात्र दिइएको छ । निसान किक्सको अन्य फिचरहरूमा एलइडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ वाइपर, कुल्ड र इलुमिनेटेड ग्लोभ–बक्स, क्रुज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

यो एसयुभीको भारतीय बजारमा सुरुआती मूल्य (एक्स सोरुम) ९ लाख ५५ हजार तोकिएको छ । यसको टप भेरियन्टको मूल्य भने १४ लाख ६५ हजार रुपैयाँ तोकेको छ । नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने विषयमा कुनै जानकारी कम्पनीले दिएको छैन ।

प्रतिक्रिया