एनआइसी एसिया डिबेन्चर निष्कासन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले ‘एनआइसी एसिया डिबेन्चर २०८५÷८६’ बिक्रीका लागि सार्वजनिक आह्वान गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर रहेको १ हजार प्रतिकित्ताको दरले ४० लाखकित्ता रहेको ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुनेछ ।

जम्मा ऋणपत्रको निष्कासन रकम ४ अर्बको ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको छ भने ४ अर्बको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत निष्कासन गरिनेछ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि २०७५ माघ १३ देखि सर्वसाधारणको लागि बिक्री खुला भई छिटोमा २०७५ माघ १६ तथा ढिलोमा २०७५ फागुन १३ सम्म बिक्री खुल्ला रहनेछ ।

बैंकले हाल मुलुकभर २७३ शाखा कार्यालयहरू, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७५ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४९ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

प्रतिक्रिया