लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी, इमिरेट्स । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न सात खेलहरू सञ्चालन हुँदै छ । आज लिभरपुल, आर्सनल, म्यानचेस्टर र युनाइटेडलगायतका क्लबहरूको प्रतिस्पर्धा हुनेछ । प्रिमियर लिगमा आज लिभरपुलले आर्सनलसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति ११ः १५ मा सुरु हुनेछ । इमिरेट्स स्टेडियममा दुवै टोली जित निकाल्ने दाउमा हुनेछन् । आर्सनल घरेलु मैदानको फाइदा उठाउँदै खेल आफ्नो पहँुचमा पार्ने पक्षमा हुनेछ । लिभरपुल आर्सनललाई उसकै घरेलु मैदानमा स्तब्ध पार्ने दाउमा हुनेछ ।

लिभरपुल १० खेलबाट २६ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । आर्सनल २२ अंकका साथ चौथो स्थानमा छ । प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नेमाउथसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, टोटेनहमले बुल्भ्ससँग खेल्नेछ ।  अन्य खेलमा एभर्टन र ब्राइटन, वेस्ट ह्याम र बर्नली तथा कार्डिफ सिटी र लेस्टर सिटीबीच खेल हुनेछ ।

प्रतिक्रिया