पाँचथर । स्थानीय सरकारले निर्माण गरेको बनिबनाउ घर पाउँदा हिलीहाङ –२ का विर्खबहादुर योङहाङ खुसी दंग परेका छन् । आर्थिकरूपले अति विपन्न परिवारका बिर्ख बहादुर योङहाङलाई घर हस्तान्तरण गरिएको हो ।
संविधान दिवसको अवसरमा घरको साँचो हस्तान्तरण गरिएको गाउँपालिकाका प्रेस सल्लाहकार तुलसी थापाले बताए । सानो छाप्रोमा बस्दै आएका हिलिहाङका योङहाङले सरकारी सहयोगमा बुधवार घर प्राप्त गरेका छन ।
७२ वर्षीय विर्खबहादुरलाई स्थानीय सरकारको अधिकारवारे कुनै गुनासो छैन । किनकी उनको कर लाग्ने कुनै वस्तु नै छैन । उनीसँग त सरकारले घर बनाइ दिएको घर पाउँदाको खुसि मात्रै छ ।
विर्खबहादुरको एक तलाको घर भत्किएर छाप्रोमा परिणत भएको थियो । छाप्रोमा घाम पानी छल्ने न छानो थियो न ढुं ्गाको गाह्रो नै बचेको थियो । छिमेकीको सहयोगमा दुई छाक टार्ने बिर्खबहादुर र उनकी पत्नी माया बनिबुतो गरेर केही कमाउँथे र गुजारा चलाउँथे ।
७० कटेका पति र ५० कटेकी पत्नीले गर्नसक्ने अरु केही थिएन पनि । उनीहरूलाई विगतबाटै सहयोग गर्दै आएका स्थानीय व्यवसायी मदन गौतम हिलिहाङ गाँउपालिका–३ का वडाध्यक्षमा चुनिएपछि योङहाङ परिवारको ‘दिन फि¥यो’ । जनश्रमदान तथा वडा कार्यालयले छुट्टयाएको बजेटसहित कुल १ लाख २० हजार रुपैँयाको लागतमा योङहाङ परिवारका लागि घर निर्माण सम्पन्न भएको बताइएको छ ।
यसरीे टिन र काठले बनाइएको घर संविधान दिवसको अवसर पारेर विर्खबहादुरलाई जिम्मा लगाइएको हो । घरको चाबी गाँउपालिका प्रमुख भुवनप्रसाद लिङ्देनले विर्खबहादुरलाई हस्तान्तरण गरे ।
अरुका घर र ओढारमा बस्ने विर्खबहादुरले झण्डै १० वर्षपछि आफ्नै घर पाएका हुन् । घर पाएपछि एक १० वर्षीया छोरीसहित योङहाङ दम्पती आफ्नै घरमा बस्न थालेका छन् ।
प्रतिक्रिया