संसारकै सबैभन्दा जेष्ठ सदस्य, थाहा पाउनुहोस् लामो उमेरको रहस्य


टोकियो । भेटनुहोस्, संसारकै सबैभन्दा वृद्ध व्यक्ति मसाजो नोनकालाई । जापानका मसाजोभन्दा पहिले स्पेनका प्रान्सिस्को नुनेज ओलिबरा संसारका सबैभन्दा जेष्ठ व्यक्ति थिए, तर यस वर्षको जनवरीमा उनको निधन भएपछि मसाजोलाई संसारको सबैभन्दा बूढो मान्छेको उपाधि दिइयो । मसाजो १ सय १२ वर्षका छन्, उमेरले नेटो काटिसक्दा पनि उनको फुर्ती हेर्न लायक छ ।

मसाजोका परिवारका अनुसार उनलाई मिठाइ र हट वाथ धेरै मन पर्छ । २५ डिसेम्बर १९०५ मा जन्मेका नोनकालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले संसारकै सबैभन्दा बूढो व्यक्तिको प्रमाणपत्र दिएको छ । परिवारका अनुसार मसाजोको उमेरले शतकीय पारी नाघे पनि उनी धेरै सक्रिय र फुर्तिला छन् । जब कि, विनाह्विलचेयर उनी हिँड्न सक्दैनन्, तर नियमित पत्रपत्रिका पढ्छन् ।

हरेक किसिमका मिठाइ खान उनलाइ खुबै मन पर्छ । यसबाहेक मसाजो दैनिक हट वाथ लिन्छन् । जापानका मानिसबारे भनाइ छ कि, उनीहरू लामो आयु बाँच्छन् । उनीहरूको खानपान र जीवनशैली सधैँ अन्यलाई कुतुहलको विषय हुने गरेको छ, त्यसैले, धेरै लामो आयु बाँच्नेमा जापानीहरू नै पर्ने गरेका छन् ।

यसअघि, वायलठ ब्राउन १ सय १७ वर्षका थिए र २०१७ मा उनको निधन भएको थियो । अहिले संसारकै सबैभन्दा बूढो व्यक्तिको प्रमाणपत्र मसाजोसँग छ ।

प्रतिक्रिया