-मिलन अाफन्त विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल माक्र्सको जन्म ५ मे १८१८ को दिन ट्रिर सहरको एक वकिल परिवारमा भएको थियो । कार्ल माक्र्सका पिता हेनरिख माक्र्स फ्रान्सिली विचारकद्वारा प्रभावित व्यक्तित्व थिए । कार्ल माक्र्सको आमाकी नाम हेनरी येट्रर हो भने माक्र्सको जन्म हल्यान्डमा भएको हो । सन् १८३० देखि १८३५ सम्म माक्र्सले ट्रिर जिम्नेसियम (स्कुल) मा आफ्नो प्रारम्भिक अध्ययन पूरा गरे । किशोर माक्र्सको बौद्धिक प्रतिभाको प्रष्फुटन त्यसवेला भयो जुन वेलामा उनले ‘पैसा छनोटबारे एक किशोरको विचार’ भन्ने निबन्ध लेखे ।
उक्त निबन्ध प्रबोधन कालको प्रगतिशील विचारधाराद्वारा ओतप्रोत छ । अक्टोबर १८३५ मा माक्र्स बोन विश्वविद्यालयमा भर्ना भई कानुन विषय पढ्न थाले । विश्वविद्यालयमा माक्र्स कानुनशास्त्रको साथै साहित्य, नवीनतम कला इतिहास, सौन्दर्यशास्त्रको पनि अध्ययन गर्न पछि पर्नु भएन । बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा भएको हुनाले माक्र्स बोनमा एक वर्ष अध्ययन गरेपछि बर्लिन विश्वविद्यालयमा आफूलाई भर्ना गरे । बर्लिनमा माक्र्स निकै परिश्रम गर्न पछि परेनन्, जसको फलस्वरूप उनको बौद्धिक विकास पनि तीव्र गतिले हुन थाल्यो । बर्लिनमा माक्र्स कलेजको अध्ययनको अलावा स्वतन्त्र अध्ययनमा पनि व्यस्त भए जसअन्तर्गत उनले मुख्यतया दर्शनशास्त्र र इतिहासको अध्ययन गरे ।
माक्र्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाले । त्यसको साथसाथै अंग्रेजी र इटालियन भाषा पनि सँगसँगै सिक्न थाले । छोटै समयमा माक्र्स महान् बौद्धिक व्यक्ति बन्न सफल भए । बर्लिन जानुपूर्व माक्र्सले सन् १८३६ को गृष्मकालमा जेनी फोन बेस्टफालेनसँग विवाह बन्धनमा बाँधिए । जेनी अभिजात वर्गकै युवती भए पनि जेनीका बुबाआमाले यस विवाहलाई अस्वीकार गर्न सक्ने सम्भावना देखिन्थ्यो । जेनी असाध्यै राम्री युवती थिइन् भने माक्र्समा बौद्धिक प्रतिभा थियो । त्यसो त माक्र्स न त अभिजात वर्गमा पर्थे न त त्यति धनी नै थिए । तथापि जेनीले माक्र्सलाई पूर्णरूपमा साथ दिइन् । जेनी वेस्टफालेन अत्यन्तै गुणवत्ता नारी थिइन् । जेनीको तीक्ष्ण बुद्धि सुशीलता र उत्कृष्ट आचरणबाट माक्र्स प्रभावित भएका थिए ।
यही गुणले गर्दा नै माक्र्सले उनलाई मन पराएका थिए । कार्ल माक्र्स र जेनीको लामो वैवाहिक जीवन सफल हुनुमा पनि दुवैको आपसी समझदारीलाई लिन सकिन्छ । त्यसैले उनीहरूको जोडी त्यतिखेरको समयमा सफल विवाहित जोडी भनेर चिनिएको थियो । कार्ल माक्र्सले डाक्टरी थेसिस ‘डेमोक्रिटको प्रकृति दर्शन र एपिकुरको प्रकृति दर्शन बीचको भेद’ विषयमा तयार पारेका थिए । यो नै माक्र्सको पहिलो वैज्ञानिक कृति थियो । जुन अध्यात्मवादी चिन्तनले प्रभावित थियो । प्रोइसेन राजधानीमा रहेको विश्व विद्यालयमा आफ्नो थेसिसको वास्तविक मूल्यांकन हुनसक्छ भन्ने कुरा माक्र्सले पहिल्यै विचार गरिसकेका थिए । तसर्थ, उनले इयेना विश्व विद्यालयमा आफ्नो थेसिस पठाए र अप्रिल १८४१ मा दर्शन शास्त्रको डाक्टरको उपाधि प्राप्त गरे ।
त्यसपछि उनी अत्यन्तै प्रतिष्ठित दार्शनिक बन्न पुगे । सबभन्दा प्रगतिशील र सबभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गरेका माक्र्सले फ्रेडरिच एंगेल्सको रूपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेट्टाए । माक्र्सभन्दा दुई वर्ष कान्छा एंगेल्सको जन्म राइन प्रान्तको बार्मेन सहरमा भएको थियो । ‘राजनीतिक अर्थशास्त्रको आलोचनाबारे केही खेस्राहरू’ शीर्षक एगेल्सको कृतिसँग माक्र्सको परिचयपछि उनीहरूबीच पत्रव्यवहार सुरु भयो । अगस्ट १८४४ मा बेलायतबाट जमर्नी फर्कंदा एगेल्सले पेरिसमा माक्र्ससँग भेट गरे । १० दिनसम्मको यो भेट एंगेल्सका लागि अविस्मरीय रह्यो ।
त्यो भेट सम्झँदै उनी भन्छन्, ‘सबै सैद्धान्तिक क्षेत्रमा हामी पूर्णरूपमा देखा प¥यौँ र त्यसै वेलादेखि नै हाम्रो संयुक्तरूपमा कार्य प्रारम्भ भयो ।’माक्र्स र एगेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान् दिग्गजहरूको सहयोगको थालनी ग¥यो । यस सहयोगले मजदुर वर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीतितिर कार्यनीतिको जग बसालेको थियो । माक्र्स र एंगेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुन् ।
उनीहरूले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरू हिँडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल माक्र्सको सर्वाधिक योगदान रहेको छ । उनले आफ्नो सहकर्मी एगेल्ससँग मिलेर विश्व कम्युनिस्ट आन्दोलनको घोषणा पत्र, पुँजीलगायत दर्जनौँ ऐतिहासिक कृति तयार पारेका थिए । जसले साम्यवादी आन्दोलनमा लागेका लागि सदासर्वदा मार्गदर्शन गरिरहनेछ । हाल माक्र्स हाम्रासामु छैनन् तथापि उनको मार्गदर्शक सिद्धान्तले उनी विश्वभरका कम्युनिस्टहरूको मुटुको धड्कन भएका छन् ।
प्रतिक्रिया