दोलखा वाम गठबन्धनकोे क्लिनस्विप

दोलखा, २४ मङ्सिर । यहाँ वाम गठबन्धनले क्लिनस्विप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार अत्यधिक मतका साथ विजयी भएका हुन् ।

प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एमालेका पार्वत गुरुङ ३० हजारभन्दा बढी मत अन्तरले विजयी भएका छन् । हालसम्मको घोषित परिणाम मध्य गुरुङले प्राप्त गरेको देश भरीकै बढी मतान्तर हो । गुरुङ काग्रेसका रुद्रबहादुर खड्काको भन्दा ३० हजार ६ सय ४४ बढी मत ल्याएर विजयी भएका छन् । उनले कुल ५५ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले २४ हजार ८ सय १३ मत ल्याएका छन् ।

विकास प्रेमी नेताको रूपमा परिचित पार्वत गुरुङको जन्म २०२५ सालमा दुर्गम क्षेत्र मानिने सुरी २ दोलखामा भएको हो । बुबा मकरध्वज गुरुङ र आमा जितमाया गुरुङको कोखबाट जन्मेका उनले राजनीति शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । २०३७ सालतिर विद्यार्थीकालमा अनेरास्ववियुमार्फत राजनीति सुरु गरेका गुरुङ अनेरास्ववियु दोलखाको पहिलो जिल्ला कमिटीका सदस्य हुन् । उनले दोलखा जिल्ला विकास समितिको सदस्य भएर पनि जिम्मेवारी निर्वाह गरेका थिए । एमालेको गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव, जिल्ला कार्यसमिती सदस्य, सचिवालय सदस्य, निर्वाचन क्षेत्रीय कमिटी संयोजक, जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, अञ्चल कमिटी सदस्य हुँदै हाल एमालेका केन्द्रीय सदस्य रहेका छन् । २०७० मा दोलखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फबाट सांसद बनेका गुरुङ दोलखाका विकासका लागि महत्वपूर्ण योगदान पु¥याएका नेता मानिन्छन् ।

यसैगरी, प्रदेशसभातर्पm पनि वाम गठबन्धनका उम्मेदवार भारी मत अन्तरले विजयी भएका छन् । प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विशाल खड्का आफ्ना प्रतिद्वन्द्वीभन्दा १५ हजार ३ सय ९४ मत बढी ल्याएर विजयी भएका छन् । खड्काको २८ हजार ३ सय ५० मत आएको छ भने उनका प्रतिस्पर्धी काग्रेसका बर्मा लामाको १२ हजार ९ सय ५६ मत आएको छ ।

दोलखाको गौरीशंकर गाँउपालिका १ जुगुको कसेरीमा बुबा बिर्खबहादुर खड्का र आमा मनमाया खडकाको कोखबाट ३ वैशाख २०३८ मा जन्मिएका खड्का दोलखा माओवादीका संस्थापक नेता रितबहादुर खडकाका सहोदर भाइ हुन । २०४८ सालदेखि विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका खड्का २०५२ सालमा अनेरास्ववियु क्रान्तिकारीको जिल्ला अध्यक्ष बनेका थिए । रितबहादुर खड्काकै भाइ भएकै कारण विद्यार्थी राजनिति गरिरहेको अवस्थामा जनयुद्धलाई अप्रत्यक्ष तरिकाले सहयोग गरेको भन्दै पटपटक राज्यको गिरफ्तार तथा कुटपिटमा परेपछि खड्का २०५४ सालमा भुमिगत भएका थिए । भुमिगत भइरहेका वेला २०५५ मा नेपाली सेनाको गिरफतारीमा परेका खड्का जेल जिवन ८ वर्ष बिताउन बाध्य बनेका थिए ।

प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पशुपति चौलागाई १२ हजार १ सय ७८ बढी मत ल्याएर विजयी भएका छन् । एमालेका उम्मेदवार चौलागाईको २३ हजार ५८ मत आएको छ भने उनका प्रतिद्वन्द्वी कांग्रेसका केशवराज चौलागाईको १० हजार ८ सय ८० मत आएको छ ।

सामान्य परिवारमा दोलखाको काब्रे–४ मा बुबा चन्द्रप्रसाद चौलागाई र आमा भक्तमाया चौलागाईको कोखबाट ५ फागुन २०२० मा जन्मेका चौलागाईले विएडसम्म अध्ययन गरेका छन् । २०३७ सालमा संगठित सदस्य भई पार्टी राजनीतिमा लागेका उनले २०३७ सालदेखि जिल्ला कमिटी सदस्य हुदै सचिव, अञ्चल कमिटी सदस्य, वाग्मती अञ्चल सचिव, वैकल्पिक केन्द्रीय कमिटी बाग्मती अञ्चल समन्वय समितीका इन्चार्ज, बाग्मती अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी सम्हाली सकेका छन् ।

संविधानसभा तथा व्यवस्थापिका संसद सदस्य, व्यवस्थापिका संसद लेखा समिती सदस्य, संविधान तथा संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिती सदस्य, अन्तरिक व्यवस्थापिका संसद सदस्यको जिम्मेवारी सम्हाली सकेका छन् । राजनितिक जीवनको सुरुवातमै उनी २०३६ सालदेखि २०६३ सालसम्म १७ पटक गिरफतारीमा परेका थिए । २०४५ मा उनलाई राजकाज मुद्दा लागेको थियो । चौलागाई २०७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए । उनी हाल नेकपा एमालेको पोलिटब्युरो सदस्य छन् ।

प्रतिक्रिया