राष्ट्रबादको मर्म

राष्ट्रबादका सन्दर्भमा मुलुकमा दैनिक रुपमा तिब्र वहशको केन्द्र विन्दु हुदै आएको छ । नेपालका प्रजातान्त्रीक शक्तिहरुमा एकले अर्कोलाई दोषारोपण गर्दै सबै भन्दा उत्तम दर्जामा रहेको राष्ट्रवादी शक्ति आफु मात्र भएको दावि गरे । कसैलाई भारत परस्त त कसैलाई चीन समर्पित भन्दै राष्ट्रियताको कसीमा आफै मात्र अब्बल रहेको प्रमाणित गर्न कुनै प्रकारको कसर वाकी राखेको देखिएन । यसरी एक आपसमा चर्को दोषारोपणका विचमा रहदा जनमानसका जल्दावल्दा समस्याहरु समेत ओझेलमा पर्न सक्नेछ । वास्तविक रुपमा भन्ने हो भने जब सम्म गणतन्त्रात्मक सविंधान पूर्ण रुपमा कार्यान्वयनमा आउदैन तव सम्म मुलुकले हालसम्म प्राप्त गरेको राजनीतिक उपलब्धिहरु समेत यथोचीत रुपमा जर्गेना गरीयो भनेर भन्नु आफैमा हास्याप्रद मात्र हुनेछ ।

राजनीतिक बेईमानी नगरिकन ईमान्दारीता पूर्वक भन्ने हो भने दलिय स्वार्थको रक्षार्थका अलावा आम नागरिकहरुका विचमा आफ्नो दलिय वर्चस्व कायम राख्नको लागि मात्र चर्को रुपमा राष्ट्रवादको गायन गर्न खोजिएको हो । किनकी नेपालका अधिकांश प्रजातान्त्रिक शक्तिहरुलाई २०६२÷०६३ सालको प्रजातान्त्रिक आन्दोलनको दौरान तत्कालिन राजसंस्था त्यति सहज रुपमा स्वत ः विस्तापित हुन्छ भन्ने पक्कै पनि लागेकै थिएन । यस्को वावजूद पनि अप्रत्यासित रुपमा नेपाली धर्तिवाट सदाका लागि राजसस्था विस्तापीत भयो । यसपछि मात्रै सारहिन राष्ट्रवादको वहस चर्को रुपमा मुखरित हुदै आएको हो ।

नेपाली राष्ट्रियता प्रति साच्चै नै प्रतिवद्ध हुने तथा राष्ट्रहित र जनहितको ब्याख्या सहित मुलुकको उच्चहितमा सदा–सर्वदा लाग्ने चेष्टा गरेको भए नेपालका प्रजातान्त्रिक शक्तिहरुले मुलुकमा भएको हरेक प्रजान्तान्त्रीक आन्दोलनका क्रममा छिमेकी राष्ट्रलाई गुहार्ने प्रवृद्धि कदापी पनि अवलम्बन गर्नु पर्ने थिएन । सम्बन्धित राजनीतिक दलहरुले चालेको राजनीतिक समस्या हल हुने वित्तिकै अन्य जुन सुकै प्रजातान्त्रिक शक्तिहरुले यदि सोहि ब्यवहार देखाएमा उक्त कदमलाई गैर राष्ट्रवादी भन्नु कतिको जायज हुन्छ ? यस प्रश्नलाई नेपालको राजनीतिक बृतमा महत्वका साथ अवश्य पनि हेरीनु पर्छ । यसै तथ्यलाई हृदयंगम गरेर विश्लेषण गर्ने हो भने मुलुकमा हालसम्म पनि राष्ट्रवादी शक्तिको उदय भएको छैन ।

किनकी एक आपसमा द्धन्द चर्काएर मुलुकलाई नै छिन्न–भिन्न हुने अवस्था सिर्जना गर्ने राष्ट्रवादलाई कदापी पनि सच्चा राष्ट्र–भक्तको संज्ञा दिन सकिदैन । मुलुक कमजोर परिस्थितीमा गु्रजिरहेको वखतमा यस्ता गतिविधीहरुले राष्ट्रीयतालाई बढवा दिने नभई विखण्डन उन्मुख खतरा तिब्र रुपमा बढन सक्ने प्रबल सम्भावनाहरुलाई हामी कसैले पनि नकार्न सक्दैनौ ।

वर्तमान परिस्थितीमा मुलुकको राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्दै पराधिनता उन्मुख वनाउने राजनीतिक दलका क्रियाकलापहरु कुनै पनि स्वाभिमानी आम नेपाली नागरिक समाजलाई कदापी पनि सुपाच्य हुनै सक्दैन । तसर्थ यस्ता कदम बढदै गई दुभाग्र्यवश भविष्यमा मुलुक विखण्डनको चपेटामा पुगेमा त्यस्तो मुख्य भागिदार आम नेपाली जनता नभई नेपालका प्रजातान्त्रीक शक्तिहरुका द्धन्दात्मक परीणिती स्वरुप निस्केको परीणाम मान्न सकिनेछ । किनकी नेपालमा भएका जति पनि प्रजातान्त्रिक आन्दोलनहरुमा नेपाली जनताले विश्व विख्यात जनमत संग्रहको विधीलाई आत्मसाथ नगरी यस्को विकल्पमा छिमेकी राष्ट्रको प्रत्यक्ष वा परोक्ष सहयोग लिई मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गम्भिर परीस्थिती उत्पन्न भए पश्चात मात्रै आन्दोलनहरुले मुल रुपमा सफलता हासिल गरेको देखियो । यस्ता क्रियाकलाप हरुमा समेत राष्ट्रवादका कुराहरु सधै नै ओझेलमा पार्ने प्रयत्यहरु गरिएको पाईयो । यसैको परिणाम स्वरुप मुलुकले केहि दशकको अन्तरालमा नै विभिन्न प्रकारका आन्दोलनहरुको सामना गर्नु प¥यो । यस क्रममा ब्यापक रुपमा जनधनको क्षति ब्यर्होनु परेको तथ्य घाम जस्तै छर्लङ्ग छ ।

समग्र रुपमा हेर्दा नेपालका प्रजातान्त्रिक शक्तिहरुको राष्ट्रबाद भनेको तिनका कार्यक्रर्ता वा हुलतन्त्रद्धारा निर्देशित सम्बन्धीत दलका एजेन्डालाई नै मुलुकमा लाद्न खोज्ने यस क्रममा मित्रराष्ट्रलाई जसले बढिमात्रामा खेदो खन्न सक्छ त्यो नै नेपालको वास्तविक राष्ट्रवादी शक्ति तथा वाँकी अन्य समुह अराष्ट्रवादी भन्ने भ्रम नेपाली समाजमा छरेको पाइयो । विशेषगरी छिमेकी दुई राष्ट्र भारत तथा चीनको विचमा अवस्थित भूपरीवेष्टित राष्ट्र नेपालको राष्ट्रवादको गायनले बेला­बखतमा छिमेकी राष्ट्रहरुमा समेत अन्योलता छाउने गरेको पाईन्छ । किनकी मित्रराष्ट्रहरु प्रति देखाउनु पर्ने सामान्य शिष्टाचारको अभावमा मुलुकको छवि समेत धमिलीन सक्ने प्रवल सम्भावनाहरु रहन्छ । आफनो राजनीतिक दलको प्रतिकूल अवस्था हुने वितिकै छिमेकीलाई विस्तारवादको सज्ञा दिनु कदापी पनि न्यायोचीत कदम मान्न सकिदैन । यस्तै गैरजिम्मेवार ब्यबहारका कारण छिमेकी राष्ट्र लगायत विश्व महाशक्तिहरुले नेपाललाई हेर्ने दृष्टिमा समेत कहिले काहि नकारात्मक प्रभाव पर्न जाने परिस्थिती हाम्रै प्रजातान्त्रीक शक्तिहरुले जन्माएका हुन् भन्दा त्यती फरक नपर्ला । जसका कारण छिमेक संगको दौत्य सम्बन्धमा समेत चिसोपन आएको कारण आर्थिक नाकावन्दी वा यस्तै प्रकारका अन्य असामान्य ब्यवहारको सामना समेत गर्न परेको तितो तर हृदयविदारक यथार्थ हामीहरु कसैको सामू लुक्न सकेको छैन ।

राष्ट्रियताको कसिमा साम्प्रदायीकताको बिज बिजारोपण गरी पहाडी, मधेशी तथा हिमाली भनि नेपाली जनमानसमा नै अविश्वासको बातावरण तयार नगरिएको भए आज नेपालको राष्ट्रियता इतिहासको कुनै पनि काल खण्डमा नदेखीएको जस्तो गम्भिर मोडमा कदापी पनि पुग्ने नै थिएन । यो मुलुकको लागि अत्यन्त दुर्भाग्यपूर्ण परिस्थिती हो । राजनीतिक कलहको मुल चुरोको रुपमा रहेको यहि साम्प्रदायीक सद्भावको अभावले गर्दा नै मुलुकमा गणतन्त्र घोषित भएको लामो समय भुक्तान भई सक्दा पनि कार्यान्वयनमा आउन नसकी झन् जटीलता कायम हुन आएको हो । यसलाई केहि हद सम्म निकट भविष्यमा हुने आम निर्वाचनले साम्य पार्ला वा नपर्ला त्यो हेर्न भने बाकी नै छ ।

बास्तविक राष्ट्रवाद त्यो हो जुन बेला आम नेपाली नागरिकहरुले लामो संघर्ष तथा जिवनको आहुती चढाए पश्चात प्राप्त भएका हक अधिकारहरु ब्यवहारमा समेत कार्यान्वयन हुने अवस्था कायम रहन्छ तव मात्र सम्पूर्ण नेपालीजनलाई आफ्नो मातृभूमि प्रतिको कतब्र्य बोध हुन गई सच्चा राष्ट्रवादको जन्म हुन जानेछ । तत् पश्चात आम नागरिकहरुले सनातन कालदेखि आफुले मान्दै आएको आफ्नो कुल धर्म सस्कृती, भेषभूषा, भाषा लगायतका सम्पूर्ण नागरिक स्वतन्त्रता जुन नेपाल राज्यको गणतन्त्रात्मक संविधानले आत्मसाथ गरेको छ सयसलाई निर्भिग्नता–पूर्वक उपभोग गर्दै मुलुकमा अवस्थीत अन्य सम्प्रदायहरुको स्वतन्त्रतामा समेत विमती राख्ने चेष्ठा गर्दैनन् त्यो नै वास्तविक रुपमा सच्चा राष्ट्रवाद हो आफ्नो पन हो । यसको विपरित छिमेकीलाई चिढाउदैमा मुलुक सच्चा राष्ट्रबाद उन्मुख कदापी पनि हुन सक्दैन । यस्ता गलत प्रबृतीले जहिले पनि मुलुकमा नकारात्मक प्रभाव परी गलत नजिर बस्न सक्छ । जस्ले मुलुकको सर्वाङ्गिण हित भन्दा पनि मुलुकलाई विखण्डन तर्फ लैजान सक्नेछ । एकातिर मुलुकको भौगोलिक अवस्थाका कारण जस्तोसुकै राष्ट्रवादी शक्ति हुन खोजीएता पनि अन्तमा छिमेकी राष्ट्रहरुको सहयोग लिन वाध्य हुनै पर्छ यो नै हाम्रो वास्तविकता हो , वाध्यता हो ।
यदि यस्तो अवस्था नहुदो हो त मुलुक आज भन्दा धेरै अगाडीका दशकहरु देखि नै सम्बृद्धिको पथमा निवार्ध रुपमा अगाडी लम्की सकेको हुने थियो । मुलुकमा हाल सम्म भएका जति पनि राजनीति उतार–चढाव छन् त्यस क्रममा प्रत्यक्ष वा परोक्ष रुपमा मित्रराष्ट्र तथा विश्व महा­शक्ति राष्ट्रहरुकोे सहयोग प्राप्त भएको हो भन्दा कुनै फरक नपर्ला । तसर्थ आफु वा आफ्नो भातृसंगठनलाई मात्र राष्ट्रवादी भन्ने पगरी नगुथ्नुमा नै श्रेयकर देखिन्छ ।

मित्र­राष्ट्रहरुलाई कुनै पनि अप्ठारो पार्ने गतिविधीहरुले मुलुकको राजनीतिक माहौल विग्रन गई अवस्था भयाभह हुन सक्ने भएको हुदा फोस्रो राष्ट्रबादमा नअल्झीकन वास्तविक रुपमा बहुभाषिक, बहुजातिय नेपालीहरुका विचमा घृणा नभई आपसी भाई–चारा र भातृत्व प्रेमका माध्यमबाट एक आपसमा आवद्ध गराई समस्याको समाधान खोज्नु नै आजको बृहत आवश्यकता हो । नेपाली–नेपाली विचको भावानात्मक प्रेमको विकाशलाई यथार्थ रुपमा ब्यवहारमा उतार्न सकिए मुलुकमा सच्चा राष्ट्रवादको जर्गेना भई मुलुक समृद्धिको पथमा निरन्तर रुपमा अघि बढने कुरालाई हामी सच्चा राष्ट्रवादी शक्तिहरुले कदापी पनि भुल्नु हुदैन । यथार्थमा यो नै सच्चा राष्ट्रवादको मर्म समेत हो भन्न सकिन्छ ।

प्रतिक्रिया