नेपाली चलचित्र क्षेत्रका हस्तीहरूको पछिल्लो समयमा मुलुकको राजनीतिप्रति आकर्षण रहेको पाइन्छ । पछिल्लो समयमा विभिन्न राजनिति दलमा चलचित्रकर्मीहरूको प्रवेश भइरहेको देखिन्छ । पछिल्लो समयमा नेपालको राजनितिमा नायिकाहरूको पनि उत्तिकै आकर्षण रहेको पाइन्छ । नेपाली चलचित्र क्षेत्रका चर्चित लोकप्रिय चलचित्र क्षेत्रमा सफल चलचित्र क्षेत्रमा चर्चा बटुलेका केही नायिकाहरूको राजनीतिमा प्रवेश भइरहेको छ । पछिल्लो समयमा चलचित्रकी हट हिट नायिका निर्मात्री रेखा थापा नेकपा माओवादी छाडी राप्रपामा प्रवेश गरिन् । त्यसो त रेखा थापाले राप्रपामा प्रवेश गरेको समयमा आफू नेकपा माओवादी केन्द्रको सदस्य नभएको बताइन् । तर, कुनै बेला रेखा थापालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टीका लगाई दिएर पार्र्टीमा प्रवेश गराइएको टेलिभिजनमा थुप्रैले देखेका थिए ।
त्यस्तै दोस्रो संविधानसभाको निर्वाचनमा त्यसबेलाको नेकपा एमाओवादीको तर्फबाट सभासद पदको उम्मेदवार बनाउने चर्चा चलेको थियो । त्योबेला रेखा थापाको नाम मतदाता नामावलीमा नभएको कारणले उम्मेदवार बन्न नसकेको चर्चा चलेको थियो । दलको सदस्य नभएकी रेखा थापालाई पार्टीले कसरी टिकट दिने तयारी ग¥यो त ? फटाहा कुरा गरेर राप्रपामा प्रवेश गरेकी रेखा थापा राप्रपाकी केन्द्रीय सदस्यमा समेत निर्वाचित भइसकेकी छन् । फटाहा कुरा गर्न जानेकिले नायिका रेखा थापा चलचित्रमा जस्तै राजनीतिमा पनि सफल हुने चर्चा छ । रेखा थापामा नेता बन्ने गुण पनि रहेछ भन्ने पनि चर्चा चल्ने गरेका छन् । त्यस्तै लोकगायिकाबाट चलचित्रमा प्रवेश गरेकी गायिका नायिका सञ्चारकर्मी कोमल वली पनि राजनीतिक दल राप्रपामा प्रवेश गरेकी छन् । नेपाली चलचित्र राजनीतिमा नायक राजेश हमालकी नायिका भएर अभिनय गरेकी कोमल वलीले चलचित्र राजनीतिबाहेक अरू चलचित्रमा अभिनय गरेकि छैनन् । त्यसो त गायिका कोमल वली विगतदेखि नै राप्रपाका समर्थक नै होभन्दा पनि फरक नपर्ला । दुई राप्रपा एकीकरणको दिनमा राप्रपामा प्रवेश गरेकी कोमल वली पनि राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भइसकेकी छन् ।
पछिल्लो समयमा चलचित्रकर्मीहरू धमाधम विभिन्न राजनीतिक दलहरूमा प्रवेश भइरहेको देखिन्छ । कतिपय कलाकारहरू एक दल छाडी अर्काे दलमा प्रवेश भइरहेका पनि छन् । त्यसो त चलचित्रकर्मीहरू राजनीतिमा प्रवेश गर्ने गरेको भनेको दोस्रो संविधानसभाको निर्वाचनतिर मात्र हो दोस्रो संविधानसभातिर थुप्रै चलचित्रकर्मीहरू विभिन्न राजनीतिक दलहरूमा प्रवेश गरेको देखिन्छ, त्यसबेला कतिपय कलाकारहरू संविधानसभाको निर्वाचनमा सभासद पदको उम्मेदवारसमेत बनेका थिए । तर, सफल भने त्यति हुन सकेन । पछिल्लो समयमा भने विभिन्न राजनीतिक दलहरूमा चलचित्र क्षेत्रकी चर्चित नायिकाहरूको प्रवेश भइरहेका छन् ।
नेपालि चलचित्र क्षेत्रकी चर्चित सदाबहार नायिका निर्मात्री करिश्मा मानन्धर राजनीतिक दल नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । सन्तानमा पहिलो पल्ट अभिनय गरेर चलचित्रमा प्रवेश गरेकी नायिका करिश्मा केही वर्ष अमेरिका बसी नेपाल फर्केर पुनः चलचित्रमा प्रवेश गरेता पनि सफल नभएपछि राजनीतिमा प्रवेश गरेकी हुन् । पछिल्लो समयमा करिश्मा मानन्धर राजनीतिमा व्यस्त छिन् । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्ष समेत भइसकेकी नविना लामा पनि चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी हुन् । तामाङ भाषामा निर्मित आदिवासी जनजातिको चलचित्र म्हेदोला मायामा नायिका भएर अभिनय गरेकी नविना लामाले अर्काे चलचित्रमा अभिनय गरेकी छैनन् । चलचित्रमा अभिनयपश्चात् राजनीतिमा प्रवेश गरेकी नविना लामा राजनीतिमा व्यस्त छिन् । नविना लामाको राजनीतिक यात्रा भने सफल छ । चलचित्रबाट राजनीतिमा प्रवेश गर्ने नायिकाहरूमा झरना, मेलिना मानन्धर, रूपा राना, रिस्ता बस्नेत नेपाली कांग्रेसमा, मौशमी मल्ल, सिर्जना बस्नेत नेकपा माओवादी केन्द्रमा, रेखा थापा, कोमल वली, शिरू बिष्ट, शैलजा पाण्डे चलचित्रकमीहरू नायिकाहरू राजनीतिमा प्रवेश गर्ने भनेको सामान्य हो । नायिकाहरू राजनीतिमा लागेर नेता बन्नु उम्मेदवार बन्नु भनेको सामान्य हो ।
नेपालमा मात्र होइन भारत–अमेरिका र अरू पनि विभिन्न देशहरूमा चलचित्रकर्मीहरू राजनीतिमा लागेका छन् । भारतमा चलचित्र क्षेत्रका नायिकाहरू जयललिता, जया प्रदा, जया भादुरी हेमा मालिनी, शबाना आजमी, स्मृति इरानी आदि राजनीतिमा मज्जाले जमेको उदाहरण छ । भारतको चलचित्र क्षेत्रका नायिकाहरू मुख्यमन्त्री, मन्त्री, राज्यसभाको सदस्यसमेत छन् । नेपालको सन्दर्भमा नेपालमा नेपाली चलचित्र क्षेत्रका नायिकाहरू राजनीतिमा प्रवेश गरेता पनि खासै जम्न सकेका छैनन् । त्यसो त पछिल्लो समयमा चलचित्रकर्मीहरू राजनीतिमा लागे जस्तै राजनीतिक दलका ठूला नेताहरू पनि चलचित्रमा लाग्ने तयारीमा छन् । नेताहरू अभिनय गर्नमा माहिर छन् आफूले आफूलाई राष्ट्रवादी बताउने उखान टुक्का नेता पनि अभिनेता भएर अभिनय गर्ने चर्चा छ भने चलचित्र सुपर हिट हुने पक्का ।
राजनीतिमा चलचित्रकर्मीहरूको प्रवेशले नायिकाहरूको प्रवेशले देश समाज चलचित्र समग्र चलचित्र क्षेत्रका लागि चलचित्रकर्मीहरूको लागि केही गर्ने भने होइन । राजनीतिमा चलचित्रकर्मीहरू लाग्नु भनेको राजनीतिक लाभ लिनको लागि मात्र हो । देश र जनताको लागि केही गर्छु भनेर राजनीतिलाई नै पेसा बनाएर राजनीतिमा नै आफ्नो जीवन बिताएका नेताहरूले त केही गरेनन् भने दुई वटा डुंगामा खुट्टा टेक्ने चलचित्रकर्मीहरूले राजनीतिमा लागेर देश समाज जनता र चलचित्रकर्मीहरूको लागि केही गर्लान त ? भन्नेहरूले त चलचित्रकर्मीहरू राजनीतिमा लाग्ने भनेको आफ्नो स्वार्थ सिद्ध गर्नका लागि राजनीतिक नियुक्ति पाउनका लागि हो भनेर पनि भनिन्छ । राजनीतिक नियुक्ति नपाएपछि दल बदल्ने नायिकाहरूले चलचित्र क्षेत्रका लागि र देश र जनताको लागि के न गर्लान त ? त्यसो त नायिकाहरूलाई राजनीतिक दलहरूमा प्रवेश गराउने भनेको राजनीतिक दलहरूको गतिविधिको प्रचारप्रसार लागि मात्र होभन्दा पनि फरक नपर्ला नायिकाहरूको ग्ल्यामर लुक र चर्चित अनुहारले दर्शकहरू आकर्षित हुन्छन् र यसको लाभ राजनीतिक दलहरूले लिने गर्छन् ।
प्रतिक्रिया