काठमाडौं । आफ्नो कार्यकालको उत्तराद्र्धमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले बडो मेहनतका साथ क्युवासँग गरेको विभिन्न राजनीतिक सम्झौता र सम्बन्ध नवीकरणको कामले अब भने निरन्तरता नपाउने खतरा बढेको छ । एकपछि अर्काे गर्दै ओबामाका नीतिमा आँखा लाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक क्युवासँगको नीतिलाई उल्ट्याउने संकेत दिएका छन् । उनले करिब आधा शताब्दीपछि क्युवासँग पुनस्र्थापित दौत्य सम्बन्धका केही विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्र«पति डोनाल्ड ट्रम्पले ओबामाको क्युवा–नीति उल्टाइदिने स्पष्ट संकेत गरेका हुन् । पूर्वराष्ट्र«पति ओबामाले क्युवा–अमेरिकाबीचको यात्रा प्रतिबन्ध खुकुलो बनाएको, व्यापारमाथिको कडाइलाई केही सहज बनाएको र तत्कालिन समयमा गरिएका अन्य कतिपय सुधारोन्मुख कार्यहरू केही दिन अगाडि पुनःप्रतिबन्ध लगाइएपछि दुई देशबीचको राजनीतिक सम्बन्धमा पुनः प्रश्न चिह्न खडा भएको छ ।
छिमेकी भए पनि यी दुई देशबीच निकै लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएको थियो । ओबामाले संसारमा सम्बन्ध विकास गरिसकेको अमेरिकाजस्तो विश्वको शक्तिशाली देशले छिमेकीसँगको सम्बन्धमा किन यति लामो समयदेखि कठोर बनेको हो भन्ने भन्ने दबाबको सामनास्वरूप क्युवासँगको सम्बन्धमा सुधार गरेका थिए । उनी नै क्युवा गएर अमेरिकी दूतावासको स्थापना गर्ने र अमेरिकी झन्डाको झण्डोत्तोलन गरी सम्बन्धको नवीकरण गरेका हुन् । यसलाई क्युवा र विश्वका कैयौँ देशले राम्रो मानेका थिए । विश्वका बहुसंख्यक राष्ट्र«हरूसँग गाँसिएको सम्बन्ध अमेरिकाले बिगार्नुको साटो यसलाई थप सुदृढ र विस्तृत बनाउँदै लानेछ भन्ने विश्वास सम्पूर्ण विश्व समुदायलाई उनले दिएका थिए । तर अब त्यो अनुमान गरिरहेको ठीक विपरीत केही समय अघि ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा ओबामाको क्युवा नीतिलाई लगभग रद्द गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।
पूर्वराष्ट्र«पति बाराक ओबामाले क्युवाको ऐतिहासिक भ्रमण सम्पन्न गरेपछि क्युवाली बुद्धिजीवीले अमेरिकासँगको सम्बन्ध सुधारबाट अथाह नयाँ अवसर पाउने र राष्ट्र« लाभान्वित हुने सपना देखेका थिए । दुई मुलुकबीच ५७ वर्षदेखि रहँदै आएको स्थायी मतभिन्नता पनि चाँडै नै अन्त्य हुने सुखद् अड्कल पनि त्यतिखेर गरिएको थियो । यद्यपि पहिलेदेखि नै जरो गाडिबसेको दुई देशबीचको मनमुटावको अंश भने नष्ट हुन बाँकी नै थियो । यस मनमुटावलाई राष्ट्र«पति ट्रम्पले मेटाउनु होला भन्ने क्युवाली र अमेरिकी जनतामा रहेको चाहनालाई झनै आश्चर्यपूर्णरूपमा बाहिर ल्याइदिएका छन् । त्यस बखत भएको अमेरिकी राष्ट्र«पतिको भ्रमणले गत अगस्टमा सुरु भएको दुई देशबीचको सम्बन्ध अगाडि रहेको तिक्तता सामान्यीकरण गर्नमा कोशेढुंगा सावित भएको थियो । एक जना क्युवाली राजनीतिक विश्लेषक हेडेलबर्टो लोपेजको शब्दमा अमेरिकी सरकारले क्युवालाई महत्व नदिँदा अमेरिकाभित्रै विरोधी शक्तिको संख्या बढ्छ र अमेरिकाकै आत्म–सम्मानमा नकारात्मक असर परिरहनेछ भन्ने कुरा बल्ल बुझेको छ ।
यस्तो सकारात्मक सोचतर्फ ध्यान नदिई हाल राष्ट्र«पति ट्रम्पले प्रतिपादन गरेको नीतिको कारण क्युवाप्रति ५७ वर्ष अघिको वैमनस्य पुनः फर्काउने गतिविधिलाई बढावा दिन खोजेको महसुस हुन लागेको छ । तत्कालीन समयमा अमेरिकी राष्ट्र«पतिको क्युवा भ्रमण एक अकल्पनीय घटना सत्यमा परिणत भएको क्षण थियो । वास्तवमा क्युवालीहरू अमेरिकी जनताको साथ सहयोग पाउन चाहन्छन् । त्यस बखत अमेरिकी राष्ट्र«पतिको भ्रमणले क्युवाली जनताको अमेरिकासँग आफ्नो माग र चाहना पनि उजागर हुने अवसर प्राप्त भएको थियो । इतिहासको लामो कालखण्डसम्म दुई प्रतिद्वन्द्वी वा शत्रुवत् व्यवहार हुँदै आएका मुलुकबीच पुनःसम्बन्ध कायम हुनुले आगामी अमेरिकी राष्ट्र«पति पदमा जोसुकै निर्वाचित भएपनि यस सम्बन्ध थप सुदृढ पार्दै लग्ने विश्वास गरिएको थियो । सम्बन्ध एकैपटक नाटकीय रूपमा विस्तार हुने पनि होइन । विस्तारै यसको विकास हुँदै जाला भन्नेमा विश्वास गरिएको थियो । तर त्यसो हुन सकेन । परिस्थितिले अर्कै रूप लियो र सम्बन्धका विगतका कैयन् प्रयासमा अवरोध उत्पन्न भएको देखियो ।
पूर्वराष्ट्र«पति ओबामा क्युवामाथिको प्रतिवन्ध तत्काल हटाउने र व्यापारिक सम्बन्ध विस्तार पनि अरू मुलुक सरह गर्ने विचारमा रहेका भए पनि रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी संसद्ले भने यसमा हतार गरिहाल्नु पर्ने स्थिति नभएकोे मत राखेको थियो । त्यस मतलाई कदर गर्दै त्यसकै पक्षमा अहिले राष्ट्र«पति ट्रम्पको नीतिगत निर्णय आएको देखिन्छ । उनले राष्ट्र«पतिको पदभार सम्हालेलगत्तै क्युवा नीतिमा आंशिक रूपमा परिवर्तन गर्ने प्रक्रियाको सुरुआत भने गरेका थिए । सोही सम्बोधनको क्रममा क्युवामाथि लागू गरिएको पूर्वकानुनी बन्देज खुकुलो पारिएको बारेमा पनि पुनःविचार गरिने बताए । साथै क्युवामा अमेरिकाले खोलेको राजदूतावास पनि बन्द गर्न लगाएका छन् राष्ट्र«पति ट्रम्पले । उपराष्ट्र«पति माइक पेन्स, फ्लोरिडाका सिनेटर मार्को रूबियोसमेत उपस्थित उक्त कार्यक्रममा उनको भनाइलाई केही समर्थकले तालीको गड्गडाहट र ‘भाइभा क्युब लिब्रे’, ‘गड ब्लेस अमेरिका’ ‘थ्याङ्क यु मिस्टर प्रेसिडेन्ट, वि लभ यू’ जस्ता ट्रम्पका कर्णप्रिय नाराहरूले स्वागत गरेको देखिएको थियो ।
अमेरिका र क्युवाबीच सन् १९६१ देखि बिग्रिएको सम्बन्ध पूर्वराष्ट्र«पति ओबामा–प्रशासन कालखन्डमा अपेक्षित सुधारोन्मुख रही निकै अगाडि बढिसकेको थियो । अमेरिकाले सन् २०१६ मा हवानामा राजदूतावास खोलेपछि क्युवा यात्रा गर्ने अमेरिकी पर्यटकहरूको संख्या ह्वात्तै बढ्नुका साथै अमेरिकी महादेशमा व्यापारिक क्षेत्र पनि फराकिलो भएको थियो । यता क्युवामा पनि सैनिक शासक तथा अत्यन्त कट्टरपन्थी फिडेल क्यास्ट्रोको अवसानपछि त्यहाँको जनताले आफूलाई स्वतन्त्र भएको महसुस गरेका थिए । बहुसंख्यक क्युवालीको मातृभाषा स्पेनिस करोडौँ अमेरिकी जनताको प्रिय भाषासँग मिल्दछ । भाषा मिलेपछि भेषभूषा, संस्कार र विचार स्वतः मिल्ने नै भयो । अमेरिकी भ्रातृत्वको चाहना राख्ने दसौँ लाख क्युवाली जनताको सपना ओबामा प्रशासनको लचकताले पूरा हुने देखिएको थियो । तर भने अहिले पुनः पहिलेकै स्थितिमा फर्कने लक्षण देखा परेको छ ।
विश्वबाटै आतंकवाद निर्मूल पार्ने अभियानमा होमिएको अमेरिकालाई आफ्नो छिमेकी सानै भए पनि सुदृढ र रसियाली युद्ध प्रविधिसँग परिचित क्युवासँगको सम्बन्ध विस्तारबाट मित्रता प्राप्त हुने कुरामा दुई मत थिएन । दौत्य सम्बन्ध विस्तारबाट उसले क्युवालाई बाझाबाझ गरिरहने छिमेकीको सट्टा आफ्नो समर्थक र परिआएमा सम्पूर्ण अमेरिकी महादेश एक ढिक्का बन्नका लागि जस्तोसुकै सहयोग गर्न तत्पर एक घनिष्ठ र इमानदार सहयात्रीको रूपमा पाउने थियो । तर यस्तो अवस्था अब रहने देखिएन । त्यसतर्फ अमेरिकी राष्ट्र«पति ट्रम्पको नीति अघि बढिसकेको छ । रूसको विदेश मन्त्रालयले समेत केही दिन अघि गरेको टिप्पणीमा अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पको हालको क्युवासम्बन्धी नीतिले अमेरिका र क्युवाबीचको शीतयुद्ध पुनः ब्युँतिने भन्दै चिन्ता व्यक्त गरेको थियो । यो संयोग पनि हुनसक्छ कि रूसको यो चिन्ता र राष्ट्रपति ट्रम्पको नीति एकसाथ मिल्न गएको छ ।
हालका लागि उनले यसअघिको ओबामा प्रशासनले अमेरिकीलाई बिदाको समयमा एक्लै र स्वतन्त्र रूपमा घुम्न जान दिने नीतिमा परिवर्तन ल्याइसकेका छन् । अब अमेरिकी क्युवा पर्यटकको रूपमा जाँदा ट्राभल एजेन्ट वा टुर गाइड चाहिने छ । त्यसैगरी यसअघि अमेरिकीले क्युवामा र क्युवालीले अमेरिकामा लगानी गर्न, बैंकमा पैसा पठाउन र अन्य सामान्य आर्थिक कारोबारमा सहजता प्रदान गरेकोमा हालसालै तिनमा पनि प्रतिबन्ध लागेको छ । राष्ट्र«पति ट्रम्पको तर्क छ, यस्तो आर्थिक नीतिले अमेरिकीलाई कुनै फाइदा पुगेको छैन, अमेरिकी अर्थतन्त्रमा कुनै सकारात्मक परिवर्तन आएको छैन । त्यसैले अब यसमा प्रतिबन्ध लागेको छ । यी दुई नीतिमा अहिले नै गरिएको परिवर्तन र हालै उनले गरेको एक सार्वजनिक सम्बोधनमा क्युवामा अवस्थित अमेरिकी दूतावास बन्द गरिने भनी दिएको नीतिगत व्यवस्थाले पनि अबका दिनमा उनको क्युवा नीति पहिलेकै अवस्थामा पुग्ने अनुमान अधिकतम रूपमा लगाउन सकिन्छ ।
प्रतिक्रिया