यसरी सकिन्छ सजिलो रुटबाट नेपाल जान

– शिव तण्डुकार
जापानबाट नेपाल जाने हवाई रुट धेरै छन्, जसमध्ये हामी धेरैले प्रयोग गर्ने रुट भनेको हङकङ, सिंगापुर, थाई, कोरिया, मलेसिया, चाइनामा ट्रान्जिट हो । हाल टोकियो, ओसाका, नागोया, फुकुओका, होक्काइदोबाट नेपाल पुग्ने सबैभन्दा छोटो रुट भनेको कोरिया भएर जाने कोरियन एयरको हो । जापानबाट बिहानको ९ः००–९ः३० बजे तिर उडेर त्यहि दिनको बेलुका नेपालको पाँच बज्नु अगाडि नै पुगिन्छ, हो उज्यालोमै पुगिन्छ । सोमबार, मंगलबार र शुक्रबार गरी हप्ताको तीन दिन उड्ने कोरियनएयर नेपाल पुग्ने सबैभन्दा छिटो रुट हो ।
अरू एयरलाइन्सबाट जाँदा चारदेखि ६ घन्टा ट्रान्जिट पर्नु सामान्य हो । तर, एउटा यस्तो एयरलाइन्सको रुट पनि छ जुनबाट जाँदा १६ घन्टा र फर्कंदा १५ घन्टा जति ट्रन्जिट पर्छ त्यो पनि चाइनाको दुई ठाउँमा । हो जुन चाइनाको सांघाई र कुन्मिन भन्ने ठाउँमा ट्रान्जिट हुन्छ । तर, टिकटको शुल्क भने पत्याउनै गाह्रो हुने खालको छ । नेपाल जाने आउने त्यो पनि ६ महिनाको चेन्जएबल सस्तोमा सिट पाएको खण्डमा कुल ५० हजार येन पनि पर्दैन । अझ लगेज पनि धेरै दिन्छ, २२÷२३ केजीको दुई वटा र हाते ब्याग पाँच केजीको एक वटा, कुल गरेर ५१ केजीसम्म लान ल्याउन पाउनुहुन्छ ।
तर, जति नै सस्तो छ त्यति नै झन्झटिलो र खतरा पनि छ चाइना इस्टन एयरलाइन्स । झन्झटिलो हुनुमा अत्यधिक लामो ट्रान्जिट बस्नुपर्ने, सांघाई पुगेपछि आन्तरिक उडान लिनुपर्ने, सामान झिक्नुपर्ने, फेरी त्यहि सामान कुन्मिन भन्ने ठाउँमा लिनुपर्ने जहाँ रातको १२ः२० बजे पु¥याउँछ । त्यहाँ १४ घन्टाको ट्रान्जिट बस्नुपर्ने, एयरपोर्टबाट बाहिर निस्कनुपर्ने, आपैmँ होटल र लज खोज्नुपर्ने आदि ।
चाइनाको बिरानो ठाउँमा जहाँ न अंग्रेजी बुझ्छ न जापानिज, रातको १२ः२० बजे दुई हातमा लगेज बोकेर कहाँ जाने ? हुनतः त्यस रूटबाट गएका व्यक्तिहरूबाट के पनि सुनिन्छ भने कुन्मिन एयरपोर्टमा होटल लज खोलेर बसेका बंगाली र चाइनिजहरू भेटिन्छ । धेरै व्यक्तिहरू उनीहरूको होटलमा र लजमा जान्छन् रे ! तर यो सबै प्यासेन्जरहरूको आफ्नो व्यक्तिगत खर्च र रिस्कमा गर्नुपर्ने हुन्छ । यदि, तपार्इंको सामान हराएमा, प्लेन छुटेमा एयरलाइन्स वा ट्राभल एजेन्सी कोही पनि जिम्मेवारी हँुदैन । त्यसैले अलिक खतरा पनि छ ।
यस्तै एउटा घटना छ नेपालीको, चाइना इस्टनबाट नेपाल जाँदै गरेको प्यासेन्जर कुन्मिनमा लजमा गएर बसेछन् । भोलिपल्ट काठमाडौं उड्ने प्लेनको लागि समयमै चेकइन नगरेकोले प्लेन छुटाएछ । त्यसको भोलिपल्टको फ्लाइट कुन्मिन–काठमाडौं सेक्टरको वान वे मात्र झन्डै एक लाख येन तिर्नु परेको रहेछ त्यो पनि झगडा गर्दागर्दा । नेपालमा खर्च गर्ने पैसा त्यहि खर्च गर्नुपरेछ । बिचरा उनी जानेआउने टिकटको ६० हजार पनि तिरेको थिएन होला, तर एउटै सेक्टरलाई यति धेरै रकम तिर्नुपरेछ । यी त प्रतिनिधि घटना मात्र हो, सुन्नमा नआएको अन्य घटनाहरू धेरै छन् । धेरै मध्ये कमैले एक पटक चाइना रुट प्रयोग गरेपछि दोहो¥याएर गएको सुनेको छैन ।
चाइना इस्टनको अर्को खतरा कुरा भनेको फ्लाइटको समय पटकपटक परिवर्तन गर्ने, त्यस्तै परे फ्लाइट रद्ध नै गर्ने गरेको पनि छ । नेपाल गएर नआएसम्म कतिपटक समय परिवर्तन गर्छ थाहा हँुदैन । दुई वर्षअघि भारतले नेपालमा लगाएको नाकाबन्दी बेलामा इन्धनको अभावको कारण देखाई झन्डै ६ महिना उडान बन्द गरेको थियो जबकी कुन्मिनबाट काठमाडौंसम्मको उडान ३ः३० घन्टा मात्र हो । तर, त्यहि बेला अन्य धेरै एयरलाइन्सले भारत तथा बंगलादेशमा इन्धन भरेर भए पनि उडान सुचारू गरेका थिए । यो भनेर चाइना इस्टन चड्नै नहुने एयरलाइन्स भन्न खोजेको होइन । जापानदेखि नेपाल जाने यति सस्तोमा टिकट कसैले पनि दिन सक्दैन, यसलाई बलियो पक्ष मान्न सकिन्छ ।
तपाईंहरू जापानमा दिनरात नभनी काम गर्नुहुन्छ, हो रगत पसिना बगाएर कमाएको पैसा जोगाउनु पर्छ तर जोगाउने भनेर यसरी उल्टै खर्च बढ्न सक्ने तरिकाको हवाई टिकट नकाटेकै राम्रो । लामो समयपछि नेपाल जान लागेका हुन्छाँै, कमसेकम ढुक्क र सजिलोसँग जान सकिने एयरलाइन्सबाट जाऔँ । पैसाको होइन सहज यात्राका लागि जथाभावी सस्तो भन्दै दौडनुभन्दा दुई÷चार पैसा महँगै किन नहोस् नाम चलेका अन्य एयरलाइन्सको रुट हेरेर जानु भए सजिलो होला । बल्लबल्ल घर जानेबेलामा पनि किन यस्तो कुरा ग¥यो भन्दा पनि अहिले जापानसहित विश्वका विभिन्न मुलुकबाट नेपालमा दसैँ तिहार मनाउन जान चाहनेहरूका लागि टिकट बुक गर्ने बेला आएको छ । यही बेला आपूmले सोच विचार गरेको खण्डमा यात्रा सहज हुनेछ ।

प्रतिक्रिया