काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०१७’ मा नेपालको प्रतिनिधित्व गर्न रोनाली अमात्य शुक्रबार इजिप्ट उडेकी छन् । विभिन्न नेपाली कलासंस्कृतिसहित बिहान त्यसतर्फ उडेकी हुन् ।
८० देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताको नेपालका लागि अधिकार प्राप्त संस्था ग्रिनआर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको ‘मिस इको इन्टरनेसनल नेपाल २०१७’ को अडिसनबाट उनलाई छानेको हो ।
ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौललगायतले उनलाई त्रिभुवन विमानस्थलमा बिदाई गरे । नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरनसहित उनी प्रतियोगितामा सहभागी हुनेछिन् ।
प्रतिक्रिया