साउनमा आउने भो निखिल र सौगातको ‘संरक्षण’

saugat-and-asisma-in-samrakhyanकाठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित नायकद्वय निखिल उप्रेती र सौगात मल्लले एकसाथ काम गरेको चलचित्र ‘संरक्षण’को प्रदर्शन मिति तोकिएको छ । निर्माणमा केही समय लागेका कारण चलचित्रको प्रदर्शन मिति तय हुन सकेको थिएन ।
अब भने चलचित्र आउँदो वर्षको १३ साउनबाट देशभरका हलमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता मध्ये एक प्रदीप उदयले भने, ‘हामीले चलचित्रलाई १३ साउनबाट रिलिज गर्ने निर्णय गरेका छौँ । ’ चलचित्रमा निखिल उप्रेती, सौगात मल्लको साथमा मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरासिया, प्रमोद अग्रहरी, नीर शाह, रमेश रंजन झाको मुख्य भूमिका छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञलगायतको कथालाई एकसाथ यो चलचित्रमा उतारिएको छ । चलचित्रलाई पूर्णेन्द झाले निर्देशन गरेका हुन् । चलचित्रलाई प्रदीपकुमार उदय र नरेन्द्र महर्जनले मिलेर बनाएका हुन् ।
चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । १३ साउनलाई चलचित्र ‘प्रेमगीत–२’ ले पनि प्रदर्शन मिति तोकेको छ ।

प्रतिक्रिया