‘इन्डिजिनियस हेरिटेज नेपाल’ को उपाधि रभ्नालाई

rmva mis
काठमाडौ । ‘एइसिसी ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन् । ४३ स्पर्धीलाई पछि पार्दै उनले यो ताज जितेकी हुन्् । सोमबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा आयोजित प्रतियोगितामा रभ्नाले उपाधिसँगै विभिन्न गिफ्ट तथा पुरस्कार हात पारिन् ।
प्यासिपिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगीमा तेह्रथुमे ढाका बुटिकले तयार गरेको ‘ढाका कन्ट्रास्ट’ गाउन र वानपिसमा प्रस्तुत भएका थिए । ढाका पहिरनमा प्रतियोगीहरू खुबै खुलेका थिए । ‘आदिवासी आवाज’ नारा दिइएको यस ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१७’ मा अर्चना प्रधान र मल्लिका बम्जन क्रमशः फस्ट रनरअप र सेकेन्ड रनर भए । उनीहरूले पनि ताजसहित विभिन्न गिफ्ट प्राप्त गरेका छन् ।
व्यावसायिक उज्वलकृष्ण श्रेष्ठ, प्रदीपमान प्रधान, फेसन डिजाइनर निरु आङबुङ, मोडल विपना थापा, अञ्जु श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, पत्रकार अशोकप्यासी राई, ब्युटिसियन सुष्मा महरा, धनबहादुर तामाङ र तेञ्जिङ उक्यापको निर्णायक मण्डलले प्रतियोगीहरूलाई उपाधिसमेत दिए ।
प्रतियोगितामा पुनम श्रेष्ठ मिस इलिजेन्ट, कविता श्रेष्ठ, बेस्ट हेयर, स्मृति राई बेस्ट स्माइल, ममता गुरुङ बेस्ट स्किन र सिम्रन श्रेष्ठले बेस्ट अटायर सबटाइटल पाए । त्यस्तै, फुरलामु शेर्पा मिस डिसिप्लिन, मीना श्रेष्ठ फ्रेन्डसिप, मल्लिका बमजन मिस पिक्चर पर्फेक्ट, निशा लिम्बू मिस पर्सनालिटी, सिर्जना बुढामगर मिस चार्मिङ र प्रिया लिम्बूले मिस ट्यालेन्ट सबटाइटल उपाधि पाए ।

प्रतिक्रिया