नयाँ दिल्ली । बलिउडकी ब्यूटी क्विन ऐश्वर्या राय बच्चनले गत हप्ता क्यान्सर रोगी बुबालाई सदाका लागि गुमाएकी छिन् । बुबा कृष्णराज रायको शोकमा सन्तप्त रहेकी ऐश्वर्याले यो दुःखको घडीमा आफ्ना साथीभाइ, आफन्त, इष्टमित्रको भरपुर सहयोग र साथ पाइरहेकी छिन् ।
यही क्रममा ऐश्वर्याले शनिबार आफ्नो घरमा बलिउडकी एक विशेष पाहुनालाई भेटेकी छिन् । ऐश्वर्याकी कुनै बेलाकी मिल्ने साथी रानी मुखर्जी ऐश्वर्यालाई भेट्न उनकै घरको गएको जुमटिभीले डिएनएलाई उद्धृत गर्दै बताएको छ । आफ्ना पूर्वप्रेमीका श्रीमतीसँग उनले थुप्रै वर्षपछि भेटेकी हुन् । रानीले ऐश्वर्यासँगको सबै रोष त्यागेको यसबाट पुष्टि हुन्छ
प्रतिक्रिया