‘रामकृष्ण ढकाल एकल साँझ’ हुने

काठमाडौं । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा १८ चैतमा ‘रामकृष्ण ढकाल एकल साँझ’ आयोजना हुने भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ आयोजना हुनलागेको यो कार्यक्रममा गायक रामकृष्ण ढकालको साथमा ‘ब्याक अफ ब्यान्ड, द भ्वाइस’ का १० जना वाद्यवादक रहनेछन् ।
कार्यक्रममा गायक ढकालले आफ्ना चर्चित २० वटा गीत प्रस्तुत गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गायक ढकाललाई गायिकाहरु देविका बन्दना, जुना प्रसाई, प्रविशा अधिकारीले साथ दिनेछन् । यो कार्यक्रममा प्रस्तुत हुने गीतका स्रष्टा तथा सर्जकहरुलाई गीत प्रयोग गरेवापत रोयल्टीसमेत दिने विन्ध्यवासिनी म्युजिक प्रा.लि.का प्रमुख सुवास रेग्मीले बताए । गायक ढकालले यो साँझ एक अविस्मरणीय साँझ हुने बताएका थिए । ढकालले अहिले आफू यसकै तयारीमा रहेको समेत सुनाए ।

प्रतिक्रिया