काठमाडौं । सुगम संगीतका स्थापित गायक डेविड शंकर एउटा नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । आफ्नै शब्द, संगीत तथा स्वरको ‘आईकम बिकम…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानलमार्फत एकै साथ प्रिमियर गरिएको हो । यो गीत गायक डेबिड शंकरको दोस्रो एकल एल्बममा समावेश छ । गोपाल रसाइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । गायक डेविड शंकरद्वारा नै अभिनय गरिएको उक्त भिडियोका सम्पादक तथा छायांकार पनि फराज अर्पण नै हुन् ।
भिडियोमार्फत नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको छ । शैक्षिक बेरोजगारका कारण नेपाली युवा अझै पनि विदेशिन बाध्य छन् भन्ने सन्देश बोकेको भिडियोले कम समयमै दर्शकको मन जितेको छ । फार अवे इन्टरटेन्मेन्टले निर्माण गरेको उक्त भिडियोलाई हाइलाइट्स रेकर्ड्सले युट्युबमा रिलिज गरेको हो ।
गायक डेबिड शंकर पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् । उनले विभिन्न तीन दर्जन नेपाली चलचित्रमा पाश्र्व गायन गरिसकेका छन् । चलचित्र ‘गोरे’ बाट पाश्र्व गायन प्रारम्भ गरेका गायक शंकरले पछिल्लो चलचित्र ‘पञ्जेबाजा’ सम्म आइपुग्दा पाश्र्वगायन गरेका चलचित्रको संख्या ३९ पुगेको हो ।
०६२ सालमै पा“चथर आइडलको उपाधि जितेर सांगीतिक क्षेत्रमा सक्रिय भएका गायक शंकरले ०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि जितेपछि पछाडि फर्किएर हेर्नु परेको छैन । उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ ०६८ सालमै बजारमा आएको थियो भने दोस्रो एकल एल्बम नया“वर्षको अवसर पारेर सार्वजनिक हुने क्रममा छ ।
प्रतिक्रिया