तसलिमा नसरिनद्वारा ‘धर्मको ह्याङओभर’ विमोचन

काठमाडौं । प्रसिद्ध लेखिका तसलिमा नसरिनले साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को दर्शन कृति ‘धर्मको ह्याङओभर’ विमोचन गरेकी छन् । विमोचनपछि बोल्दै अन्तराष्ट्रिय ख्यातिप्राप्त लेखिका तसलिमाले समाजमा रहेका विकृति विसंगतिहरुको विरुद्ध डटेर लेख्न लेखक निर्भिकतापूर्वक लाग्नुपर्ने बताइन ।
उनले शक्तिको आडमा खराब काम गर्ने विरुद्ध लेख्नु लेखकको मूख्य धर्म भएको र समाजको हितको लागि जस्तोसुकै जोखिम मोल्न पनि लेखक डराउनु नहुने धारणा राखेकी थिइन् । त्यस्तै तसलिमाले नेपाली साहित्य लेखनमा साहित्यका दामोदर पुडासैनी ‘किशोर’को विशेष स्थान रहेको ‘धर्मको ह्याङओभर’ जस्तो कृतिले धर्मको आधारमा समाजमा विद्यमान विकृति हटाउन असाध्यै राम्रो भूमिका खेल्ने भनिन् ।
कृतिमा पुडासैनीले निर्भिकतापूर्वक, तथ्य र प्रमाणका आधारमा धार्मिक विकृतिका उजागर गरेको बताउँदै भनिन्, नेपालमा अहिलेसम्म पनि पशु बली दिने, महिलाहरुलाई मन्दिरमा चढाउने, छाउपडीको नाममा महिलालाई शोषण गर्ने, दाइजो प्रथा जस्ता कुरितीहरु प्रचलनमा रहनु दुःखको कुरा हो, त्यस्ता कुरिती नहटाएसम्म समाज सुधार हुन सक्तैन । पुडासैनीको ‘धर्मको ह्याङओभर’ धार्मिक पाखण्डीहरु बिरुद्ध दह्रिलो हतियार भएकोले यो कृति गाउँ गाउँसम्म पु¥याउन जरुरी छ ।’ नेपालमा पहिलो पटक नेपाली लेखकको कृति आफ्नो हातवाट लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।
त्यस्तै किताबका लेखक पुडासैनीले आफुले धर्मको नभइ धार्मिक विकृतिहरुको विरोध गरेको र धर्मको नाममा जोडिएका अँध्यारा पक्षहरु मेट्न यस्तो कृति लेखेको कुरा बताए ।

प्रतिक्रिया