काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नायिका प्रियंका कार्कीको हालिमुहाली यतिबेला राम्रै छ । हुनत, उनको चलचित्रमा काम गर्ने शैलीलाई लिएर आलोचना भने गर्ने गरिएको छ । तर, नायिकाले भने एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्र सफलभन्दा असफल धेरै भए पनि उनको डिमान्ड घटेको छैन ।
उनै, नायिका कार्कीलाई ‘चमेली’ बनाएर ‘लाल्टिन’ नामक चलचित्रमा आइटम नृत्य गराइएको छ । यो चलचित्रमा उनी मुख्य भूमिकामा पनि छिन् । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, भानु प्रतापलगायत कलाकारको पनि मुख्य भूमिका छ ।
यो गीतमा आस्था राउतको स्वर, किरण माइकलको शब्द तथा संगीत छ । गीतको भिडियोमा नायिका कार्कीलाई हट रूपमा प्रस्तुत गरिएको छ । हरि घले लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका निर्माता अनिम श्रेष्ठ र राज केसी हुन् । भानु प्रतापको प्रस्तुतिमा तयार भएको यो चलचित्र जेठको अन्तिम साता रिलिज हुनेछ ।
प्रतिक्रिया