सकियो ‘रुद्रप्रिया’को प्री–प्रोडक्सन

rudrapriya-recording

काठमाडौं । निदेर्शक सुदीप भूपाल सिंहले निर्देशन गर्ने नयाँ चलचित्र ‘रुद्रप्रिया’को प्री–प्रोडक्सनको काम सकिएको छ । चलचित्र ‘माला’ निर्देशन गरेका निर्देशक सिंहले रेखा थापाले निर्माण गर्न लागेको चलचित्रको निर्देशन गर्न लागेका हुन् । आउँदो वर्षको दसँैलाई प्रदर्शन मिति तय गरेर यो चलचित्रको छायांकन चैतको अन्तिमबाट सुरु गरिनेछ । चलचित्रको तीन गीतको रेकर्डिङ सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।
सुरेश अधिकारीले तीन गीतमा संगीत भरेका छन् । उनले तीन गीतहरू विभिन्न शैलीमा तयार गरिएको र श्रोताको मन छुने बताए । रेखाले निर्माण गरेका चलचित्रका गीतहरू सधै नै हिट हुँदै आएका छन् । यसैले यसपटक पनि त्यो चुनौतीलाई आफूले पूरा गर्ने कोशिश गरेको सुरेशको भनाइ छ । नायिका तथा निर्मात्री रेखाले पनि यसअगाडि आफूले निर्माण गरेका गीत हिट भएको भन्दै, यो चलचित्रमा पनि त्यसलाई निरन्तरता दिएको बताएकी छन् ।
नायिका रेखा थापाको साथमा चलचित्रमा सुदर्शन थापा, अर्पण थापाको मुख्य भूमिका रहनेछ । रमेश पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा सरस्वती थापा निर्माता हुन् । सञ्जय लामाले यो चलचित्र खिच्नेछन् ।

प्रतिक्रिया