सुनसरी । लामो अन्तरालपछि धरानमा भव्य फेसन शो हुने भएको छ । भिन्टेज इभेन्टसको आयोजनामा फेसन पारखीहरुका लागि हुन लागेको हो । शुक्रबार (आज) हुने भनिएको एसडब्लु फेसन परेडमा नायक तथा मोडल अनुविक्रम शाही र नायिका तथा मिस नेपाल २०११ की मेलिना जोशी विशेष आकर्षकको रुपमा रहनेछन् । धरान ५ स्थित इजी राइडर्स होटलको प्रांगणमा भव्य स्टेज र उत्कृष्ट साउन्ड र लाइटको व्यवस्थापनसहित आयोजनाको तयारी गरिसकेको आयोजक एसडब्लु लामिछानेले बताए । परेडमा काठमाडौंबाट र धरानका चर्चित १५ जना मोडलहरुको जियाज क्रियसनकी अस्मी तामाङ र जिया तामाङले तयार पारेका डिजाइनमा ¥याम्प नाप्नेछन् । तीनवटा सिक्वेन्स रहेको भव्य र विशेष बनाउनमा कुनै कसुर बाँकी नराखिएको आयोजक लामिछानेले बताए ।
प्रतिक्रिया