कंगनाका कारण फ्लप भयो रंगुन

Kangana-Ranaut-will-look-85-years-old-in-her-upcoming-moveमुम्बई । अभिनेत्री कंगना रनावतले सिनेमा रंगुन साइन गर्नुभन्दा पहिले एक शर्त राखेकी थिइन् । उनले त्यो शर्त पूरा भएपछि मात्रै सिनेमाको सुटिङ सुरु गरेकी थिइन् । खास कुरा के भने उनले सिनेमा आफूले पाउने पारिश्रमिकका बारेमा जानकारी नलिएरै दुवै अभिनेताले लिनेभन्दा एक लाख बढी हुनुपर्ने माग राखेकी थिइन् । विशाल भारद्वाजले सिनेमाका दुई अभिनेता साहिद र सेफलाई पारिश्रमिक सात करोड तय गरेका थिए ।
यस हिसावले कंगनाले रंगुनमा काम गरेबापत सात करोड एक लाख पारिश्रमिक पाएर आफूलाई सिनेमाको तेस्रो हिरो भन्दै आएकी छिन् । विशालले सिनेमालाई कंगनामाथि केन्द्रित गरेर बनाउन चाहेका कारण उनको शर्त मानेका थिए ।सिनेमामा कंगनाको भूमिका दुई अभिनेताको भन्दा दमदार रहेको बुझिएको छ । शिवरात्रिको अवसर पारेर रिलिज भएको यो सिनेमा फ्लप भएको छ । कूल ८० करोडको लगानीमा बनेको यो सिनेमाले अहिलेसम्म २० करोडको हाराहारीमा व्यापार गरेको जानकारी छ ।एजेन्सी

प्रतिक्रिया