काठमाडौं, ३ फागुन । राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयनका लागि कलाकर्मी एकढिक्का भई अघि बढ्नुपर्ने र आवश्यकताअनुसार संघर्ष गर्दै जानुपर्ने भनाई कलाकर्मीले अगाडि सारेका छन् । चलचित्र निर्माता संघ नेपालले राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा चलचित्रकर्मीले सो धारणा साझा रुपमा अगाडि सरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय चलचित्र नीति २०७१ पारित भएको वर्षौं बितिसक्दा पनि चलचित्र क्षेत्रको विकासका लागि राज्यले कुनै तदारुकता देखाएको गुनासो चलचित्रकर्मीको थियो । यसै क्षेत्रको विकासका लागि भनेर गठन गरिएको चलचित्र विकास बोर्ड करिब निस्क्रिय रहेको र उक्त संस्था प्रशासनिक कामभन्दा माथि उठ्न नसकेको कार्यक्रममा उनीहरुले आरोप आरोप लगाए ।
कार्यक्रममा राष्ट्रिय चलचित्र नीति मस्यौदा समितिका संयोजक तथा चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष यादव खरले, कलाकार हरिहर शर्मा, विश्व बस्नेत, मोहन निरौला, लय संग्रौला, बोर्डका पूर्वअध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्कालगायतले चलचित्र नीति कार्यान्वयनबिना चलचित्र तथा चलचित्रकर्मीको हित असम्भव रहेको कुरामा जोड दिए ।
प्रतिक्रिया