काठमाडौं, ८ माघ । कलाकार तथा सञ्चारकर्मीहरूको पहलमा ‘अब केही गरौँ’ भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ । काठमाडौं शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सदनका जेष्ठ सदस्य श्री मिठुदेवी अर्यालले पानसमा दीप प्रज्ज्वलन गरेर संस्थाको औपचारिक उद्घाटन गरेकी छन् ।
उद्घाटन कार्यक्रममा निःसहाय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ समाजसेवी सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर गर्दै विशेष सम्मानद्वारा सम्मान गरेको छ । संस्थाकी अध्यक्ष तथा नायिका, निमात्री जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष एवं सार्थक नेपालका सल्लाकार डा. श्याम खड्काले संयुक्त रूपमा उनलाई सम्मान गरेका छन् । यस्तै सार्थक नेपालको सहयोगी संस्था एक्टर नेपाल नेटवर्कले कलाकार तथा गायक यमन श्रेष्ठलाई सम्मान गरेको छ । उनलाई नेटवर्क प्रबन्धनिर्देशक मनोज थापा, सार्थक नेपालकी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष खड्काले संयुक्त रूपमा सम्मान गरेका छन् ।
सार्थक नेपालमा अध्यक्ष जेनी कुँवर, उपाध्यक्ष कलाकार तथा सञ्चारकर्मी राजेन्द्र लुर्इंटेल, महासचिव सञ्चारकर्मी, गीतकार तथा निर्देशक मनोज थापा, सचिव गायिका तथा सञ्चारकर्मी योजना पुरी, कोषाध्यक्ष गायक तथा सञ्चारकर्मी रामकृष्ण श्रेष्ठ, सह–कोषाध्यक्ष नायिका जान्वी बोहरा, कार्यसमिति सदस्यहरू गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठ, मोडल तथा सञ्चारकर्मी कुशल खत्री, नायिका तथा मोडल मञ्जिता केसी, सञ्चारकर्मी निलम पौडेल, सलिना आचार्यले आफ्नालाई पदभार ग्रहण गरेका थिए ।
उक्त कार्यक्रममा निःसहाय सदनमा आश्रित आमाबुबाहरूलाई संस्थाले भोजन गराएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष जेनी कुँवरले सबैसँग सहकार्य गरेर सामाजिक कार्य गर्ने बताए । पत्रकार र कलाकारको सम्बन्ध नङमासुको जस्तो भएकोले यसलाई अझ प्रगाढ बनाउँदै मिलेर समाजका लागि केहि गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी कार्यक्रममा बोल्दै संस्थाका महासचिव थापाले अनेक बहानामा अनावश्यक तथा गलत प्रयोजनमा मनाउँदै आइरहेको समय तथा खर्चलाई कटौती गर्दै अनाथ एवं शिक्षाबाट वञ्चित बालबालिकाहरू र वृद्धाश्रममा आश्रितहरूका लागि मनोरञ्जन, भोजन, आवश्यक लत्ता कपडा आदि वितरण गर्ने संस्थाको उद्देश्य रहेको जानकारी दिए । ‘अब केही गरौँ’ भन्ने नाराका साथ कलाकार एवं पत्रकारहरू एकजुट सार्थक नेपाल संस्था गठन भएको बताए । आगामी दिनमा पनि सामाजिक काममा निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।
साथै अन्य सहयोगी व्यक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने र सहयोग गर्न सबैलाई अपिल पनि गरे । सार्थक नेपाल संस्थाको उद्घाटन कार्यक्रममा एक्टर नेपाल नेटवर्कले निर्माण गरेको सञ्चारकर्मी मनोज थापाको निर्देशन रहेको म्युजिक भिडियोको कलाकार तथा प्राविधिकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । हास्य कलाकार महादेव त्रिपाटी, कलाकार रश्मी भट्ट, मेकअप आस्र्टिट नन्दा अधिकारी, गायक सपन श्रेष्ठ, सञ्चारकर्मी गीता अधिकारी, सूर्य चन्द, म्युजिक भिडियो निर्देशक नव ढुंगेल, फोटो पत्रकार नवराज वाग्ले, फोटोग्राफर कुबेर तामाङ, रामलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया