काठमाडौं, ८ माघ । ‘तिमीलाई हङकङ पु¥यायो आइ डि काँडैले’ बोलको गीत नसुनेका सायद कमै होलान त्यो बेला । तिनै चर्चित गायिका सत्यकला राईले फेरि बजारमा नयाँ गीत ‘¥याँइ ¥याँई ग¥यो सारंगी’ बोलको गीत लिएर दर्शक श्रोतामाझ आएकी छन् ।
सानै उमेरदेखि संगीतमा लागेकी गायिका राईले स्कुले जीवनदेखि नै गीत गाउँदै आएको भए पनि राजधानी छिरेपछि गायनमा आफ्नो परिचय स्थापित गरेकी हुन् । खोटाङ जिल्लाको माक्पा–८ लेवा जन्मिएकी उनले नेपाली लोकआधुनीक गीतहरूमा गाएकी छन् ।
उनले पुर्वै धरान, तिमी म सँग नबोल्ने अरे, रानीटारको डाँडैडाँडालगायत दर्जनाँै गीत गाइसकेकी राईले भर्खरै युट्युबमार्फत ‘¥याँई ¥याँई ग¥यो सारंगी’ बोलको गीत तथा म्युजिक भिडियो बजारमा ल्याएकी हुन् । लोक प्याटनमा रहेको उक्त गीतको शब्द पुरु लम्सालले लेखेका छन् भने संगीत थानेश्वर गौतमको रहेको छ । गीतमा अनु शाह र नरेश सिं गौतमले अभिनय गरेका छन् भने म्युजिक भिडियो निर्देशन दिनेश पाख्रिनले गरेका छन् ।
भिडियो हेर्न तल जानुहोस….
प्रतिक्रिया