काठमाडौं, ५ माघ । अभिनेत्री शिल्पा पोखरेल पहिलोपटक निर्माण गर्न लागेको ‘मंगलम’को शुभ साइत गरिएको छ । सोमबार काठमाडौंको मैतिदेवी मन्दिरमा फिल्मका निर्माता, निर्देशक तथा कलाकारको उपस्थितिमा फिल्मको शुभसाइत गरिएको हो ।
छविराज प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा फिल्ममा शिल्पा कार्यकारी निर्माताका रूपमा रहनेछिन् । पारिवारिक कथा ‘मंगलम’लाई नवल नेपालले निर्देशन गर्नेछन् । फिल्ममा अभिनेत्री शिल्पा मुख्य भूमिकामा रहनेछिन् ।
फिल्ममा पुष्प खड्का र पृथ्वीराज प्रसाईको पनि अभिनय रहनेछ । फिल्म माघ ७ गतेबाट फ्लोरमा जानेछ । फिल्मको एक गीतबाहेक सम्पूर्ण छायांकन काठमाडौंमा हुने निर्देशक नवलले बताएका छन् ।
प्रतिक्रिया