अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘कालो पोथी’ उत्कृष्ट

film daharan copyसुनसरी, ४ माघ । ‘इन्टरनेसनल फिल्म फेस्टिबल अफ नेपाल २०१७’ विभिन्न बिधाको अवार्ड वितरणसँगै सोमबार सम्पन्न भएको छ । सुनसरीको धरान १८ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा नेपाल सरकरका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले फेस्टिबलको समापन गरेका हुन् ।

पुस २७ गतेबाट ५ दिनसम्म सञ्चालन भएको सो फेस्टिबलमा अन्तर्राष्ट्रिय बिधातर्फ गौतम बुद्ध बेस्ट फिक्सन फिल्म अवार्ड चलचित्र ‘कालोपोथी’ले जितेको छ । विभिन्न ७ देशका ९ ओटा चलचित्रलाई पछि पार्दै मिनबहादुर भामद्वारा निर्देशित ‘कालोपोथी’ बेस्ट फिक्सन फिल्म बन्न सफल भएको हो । यो फिल्मले ट्रफीसहित १ हजार अमेरिकी डलर जितेको हो ।

यस्तै डकुमेन्ट्रीतर्फको ५ सय डलरसहितको बेस्ट एभेरष्ट अवार्ड रसियन वृत्तचित्र ‘ब्लाक सिट’ले जितेको छ भने इन्टरनेसनल सर्ट फिल्मतर्फको ३ सय अमेरिकी डलरसहितको बेस्ट रारा अवार्ड भारतको सामुदायिक लघू चलचित्र ‘जादुई मछ्ली’ले हासिल गरेको छ । यसैगरी नेपाल पानोरमातर्फको अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड बालकृष्ण समले हासिल ग¥यो ।

दिनेश पाल्पाली निर्देशक निर्देशित यो चलचित्रले ५० हजार रुपैयाँसहित ‘श्रीजँगा’ अवार्ड जित्यो । यस्तै नेपाल पानोरमातर्फको उत्कृष्ट वृत्तचित्रको अवार्ड सचिन घिमिरे र गौरव केसी निर्देशित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ले जित्यो । यो चलचित्रले ३० हजार रुपैयाँसहित रामप्रसाद राई अवार्ड हासिल ग¥यो । नेपाल पानोरमातर्फ नै २० हजार रुपैयाँ राशीसहितको चतुरमान राजवंशी उत्कृष्ट लघू चलचित्रको अवार्ड सेनाङ ग्याम्जो तामाङ निर्देशित लघू चलचित्र ‘झालो’ले जित्यो ।

नेपाल चलचित्रकर्मी संघको आयोजनामा भएको पाँचदिने महोत्सवको अवसरमा महोत्सवमा विभिन्न १६ देशका ४८ चलचित्र प्रदर्शन गरिएका थिए ।

प्रतिक्रिया