रोड टु मोडलका विजेता फिलिपिन्स जाने

rol medelकाठमाडौं, ३ माघ । सौन्दर्य प्रतियोगिताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवायुवतीको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल’ २०१७ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्थाले बताएको छ ।

सूत्र मोडलिङ एन्ड आर्ट क्रियशनको आयोजनामा हुने यस प्रतियोगिताका बिजेताले नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स जाने पाउने छन् । प्रतियोगिताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । यस प्रतियोगिताको अडिसन उपत्यका बाहिरका शहरहरु चितवन, हेटौँडा, पोखरा र विराटनगरलगायतको ठाउँमा हुनेछ । यसबाट उपत्यका बाहिरका प्रतिभाहरुले यस प्रतियोगितामा सहज रुपमा भाग लिन पाउने छन् । यो नेपालकै पहिलो एडभेन्चरस सौन्दर्य प्रतियोगिता हो ।

रोड टु मोडलका प्रतिस्पर्धीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ ।

प्रतिक्रिया