टु ड्रप्सको ‘डेटिङ जाउँ न’ सार्वजनिक

too dopsकाठमाडौं, ३ माघ । टु ड्रप्स ब्यान्डको ‘डेटिङ जाउँ न’ गीतको भिडियो सार्वजनिक गरिएको छ । डेटिङ जाउँ नमा उद्वव भट्टराई र अनिता चन्दको अनस्क्रिन रोमान्स रहेको छ ।

यस्तै बाल कलाकार ओम भट्टराईको समेत अभिनय रहेको यो गीत राजधानीको आदित्य पब्लिकेशन बागबजार, बेम्बोज कटेज खहरे र अक्षरा स्कुललगायतका ठाउँहरुमा छायाँकन भएको हो । सुरज दाहालको शब्द रहेको यो गीत विवेक लामाको स्वरमा सजिएर आएको छ ।
प्रसन्न रिमालको संगीत र निर्देशन रहेको गीतलाई जयकुमार दर्लामी मगरले छायाँकन गरेका हुन् । गीतका बारेमा बोल्दै प्रशन्नले भने, ‘गीत पछिल्लो पुस्तालाई लक्षित गरिएको छ ।’

प्रतिक्रिया