अपेक्षा र सुनिताको शीरमा ताज

buty presentकाठमाडौं, १ माघ । दक्ष इन्टरनेसनल प्रालिको आयोजनामा भएको मिस ब्युटिपूÞmल नेपाल २०१७ र मिसेस ब्युटिपूÞmल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको ताज अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यको शीरमा पुगेको छ । बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगितामा करिब एक महिना लामो प्रशिक्षणपछि अन्तिम स्पर्धा भएको हो ।

राष्ट्रिय नाचघर जमलमा अयोजित प्रतियोगितामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटिपूÞmल नेपाल २०१७ को ताज जित्न सफल भएकी थिइन् भने सुनिता कर्माचार्यले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस ब्युटिपूÞmल नेपाल २०१७ को उपाधि आफ्नो हातमा पार्न सफल भएकी थिइन् । यसका अलावा मिस ब्युटिपूÞmल नेपाल २०१७ तर्फकी बिजेता अपेक्षाले बेस्ट स्माइलसमेत उपाधि हात परेकी थिइन् । त्यसैगरी मिसेस ब्युटिपूÞmल नेपाल २०१७ तर्फकी बिजेता कर्माचार्यले बेस्ट हेयर र बेस्ट पर्सनालिटीको उपाधि हात पार्न सफल भएकी थिइन् । त्यसैगरी मिस ब्युटिपूÞmल नेपाल २०१७ तर्फमा फस्ट रनरअपमा एलिना बस्नेत र सेकेण्ड रनरअपमा कृति सिग्देल र थर्ड रनरअपमा युनिसा लामाले उपाधि हात पारेकी थिइन् ।

त्यस्तै मिस ब्युटिपूÞmल नेपाल २०१७ तर्फ भएको विभिन्न उपाधिअन्तर्गत मस्ट पपुलर बिन्दु न्यौपाने, मिस क्याट्वाक कृति सिग्देल, मिस ट्यालेन्ट, बेस्ट स्पीच एलिना बस्नेत, बेस्ट हेयर र मस्ट फ्रेन्डली अरिजा शाक्य, बेस्ट स्किन रोजी कपाली, बेस्ट पर्सनालिटी दिपाशा कपाली, मस्ट चार्मिङ्ग रोशनी अधिकारि, बेस्ट फिटनेस कविता रिजाल, मिस कन्जनालिटी रोजिना बाँनिया, मस्ट डिसिप्लिन पुजा लामिछाने, मस्ट ब्युटिपूÞmल आईज स्वस्तिका श्रेष्ठ, बेस्ट फिजिक्स मनिषा महर्जन, फेसन आइकन अवार्ड चण्डिका श्रेष्ठ, मस्ट याक्टिभ नन्दनी श्रेष्ठ, मस्ट कन्पिÞmडेण्ट रेबिका ढुंगेल, मस्ट फोटोजेनिक युनिषा लामा, फेसबुक च्वाईस मनिला थापा र म्यानेजमेन्ट च्वाइसमा प्रियंका शाहले सबटाइटल जित्न सफल भएका थिए ।

यस्तै मिसेस ब्युटिपूÞmल नेपाल २०१७ तर्फको विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा र बेस्ट फिटनेस बिना तामाङ, सेकेण्ड रनरअपमा र बेस्ट स्किन अमृता राना, मस्ट पपुलर बेस्ट फिजिक्स र फेसबुक च्वाइस सोनी चौरसिया, बेस्ट क्याट्वाक र बेस्ट फोटोजेनिक समिता श्रेष्ठ, बेस्ट ट्यालेन्ट रेखा सिंगल र मस्ट फ्रेन्डली पुष्पा बज्राचार्य घोषित भए । मिस एण्ड मिसेस ब्युटिपूÞmल नेपाल २०१७ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेका थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउन मिस बिउटिपÞmुल नेपाल २०१७ र मिसेस ब्युटिपूÞmल नेपाल २०१७ आपूmहरुले आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए ।

प्रतिक्रिया