राष्ट्रिय खेलकुदमा जिल्लै थोर

काठमाडौं, ६ फागुन । आउादो साता फागुन १४ देखि सुदूर पश्चिममा सन्चालन हुने छैटौा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलमध्ये १९ खेलको मात्र जिल्ला छनोट प्रतियोगिता भयो । यो तथ्यले एउटा गम्भीर समस्यालाई सङ्केत गरेको मान्न सकिन्छ, अर्थात्, खेलकुदको राष्ट्रिय महोत्सवमा देशका धेरैजसो जिल्लाको प्रतिनिधित्व नै हुन सकेको छैन ।
सामान्यतया, कुनै पनि बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरिका खेलाडीको प्रतिनिधित्व हुनुपर्ने हो  तर राजधानीबाहिरका जिल्लाहरूलाई प्रायः उपेक्षा गर्दै आएको सरकारी नीतिले गर्दा नेपालका जिल्ला सङ्घहरूले आˆना गतिविधि ब्ाढाउन सकेका छैनन् ।
मूलतः यही कारणले गर्दा र देशमा खेलकुदको नेतृत्व सम्हालेको राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले भौतिक पूर्वाधारमा ध्यान नदिने प्रवृत्तिले गर्दा बृहत् राष्ट्रिय खेलकुद महोत्सवमा सवै जिल्लाको प्रतिनिधित्व हुन नसकेको हो ।
आसन्न राष्ट्रिय प्रतियोगिताकै कुरा गर्ने हो भने पनि सˆट टेनिस, गल्फ, बिलियर्ड्स तथा स्नुकर,स्क्वास तथा र्‍याकेट, साइक्लिङ, पौडी, सुटिङ, लन टेनिस, क्रिकेट, जिम्न्यास्टिक, आर्चरी, हक्की र तेक्वान्दो युनियनमा जिल्लाबाट खेलाडीहरू टिपेर सोझै क्षेत्रीय छनोटमा लगिएको थियो । यिनै खेलमध्ये कतिपयमा जिल्लामा दर्ता मात्र भएका खेलाडीलाई सोझै राष्ट्रिय प्रतियोगितामा सहभागी गराइादै छ । जिम्न्यास्टिक, पौडी, क्रिकेट, तेक्वान्दो युनियनको पनि पहिलो चरणमा एकैपटक क्षेत्रीय छनोट भयो ।
जिल्लामा कम खेलाडी भएका खेललाई सोझै क्षेत्रमा र देशभरमै कम रहेका खेलाडीलाई सोझै प्रतियोगितामा ल्याइएको सम्बद्ध व्यक्ति बताउाछन् ।’सबै जिल्लामा हाम्रा खेलाडी छैनन् । त्यस्ौले हामीले जिल्लामा दर्ता भएका खेलाडीलाई सोझै क्षेत्रीय छनोटमा तानेका हााै,’ जिम्न्यास्टिक सङ्घका अध्यक्ष किशोरबहादुर सिंह भन्छन् ।
‘जिल्लामा थोरै खेलाडी छन् । त्यो पनि केही केहीमा मात्र ।’ साइक्लिङ सङ्घका अध्यक्ष उर्केन गुरुङले भने, ‘त्यसैले हामीले सोझै खेलाडी बोलाएका छौ ।’ तर खेलाडीलाई सोझै प्रतिस्पर्धा गराउादा त्यसको स्तर घट्ने भन्दै साइक्लिङ सङ्घले त्यस अघि एउटा छनोट गर्ने भएको छ ।’ पि्रलिमिनरी प्रतियोगिता गर्छौ ।’ उर्केनले भने,’त्यसबाट ४५ पुरुष र ५ महिला खेलाडी छनोट गरिने छ ।’
भौतिक पूर्वाधारको अभाव जिल्लामा खेलाडी उत्पादन हुन नसक्नाको कारण बन्ने गरेको छ । नेपाल पौडी सङ्घले भौतिक पूर्वाधारकै कारण अन्तिम समयमा आएर वीरगन्जमा क्षेत्रीय छनोट गर्ने भएको छ ।’ जिल्लामा दर्ता भएका सबैलाई बोलाएर हामी ११ र १२ फागुनमा वीरगन्जमा क्षेत्रीय छनोट गर्दै छााै ।’ नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले भने,’यस्ौवाट सहभागी खेलाडीको निक्र्योल हुनेछ ।’
भौतिक पूर्वाधारकै कारण मध्यमाञ्चल, अन्य क्षेत्रको तुलनामा सधाै अगाडि रहने गरेको छ ।
स्थानीयस्तरमा खेलकुद गतिविधिहरू न्ौ कम हुने गरेका कारण यस्ता ठुला प्रतियोगितामा जिल्लाहरूलाई प्रतिस्पर्धात्मक स्थितिबाट खेलाडी निकाल्न गाह्रो बन्ने गरेको छ । जिल्लामा भौतिक पूर्वाधार नभएका कारण खेलाडीहरूलाई जिल्लाबाट सोझै क्षेत्रीय छनोट र प्रतियोगितामै समावेश गर्नुपर्ने स्थिति छ । राखेपले जिल्लास्तरमा भौतिक पूर्वाधार निर्माण नगर्दा र सङ्घहरूले पनि स्थानीयस्तरमा प्रभावकारिता सिर्जना गर्न नसक्दा यस्ता समस्या आउने गरेको बताइन्छ । तर यस विषयमा राखेपको ध्यान गएकेा छैन ।
छैटौा राष्ट्रिय खेलकुद प्रतियोगिताका सचिवालय प्रमुख कमल खनालले अघिल्ला संस्करणमा समावेश भएका खेललाई निरन्तरता दिईने बताए ।
‘पाचौामा समावेश भएका खेलहरू अहिले पनि समावेश गरिएको हो,’ खनालले भने, ‘ केही अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित खेल भएकाले केही केही जिल्लामा भएका खेलाडी  वञ्चित नहून् भनेर सोझै प्रतियोगितामा ल्याइएको हो ।’
जिल्ला छनोट भएका खेलको समेत ७५ वटै जिल्लामा छनोट प्रतियोगिता हुन सकेन । एथ्लेटिक्स, फुटबल, भलिबल, कराते, ब्याडमिन्टन, तेक्वान्दो लगायतका खेलहरूको मात्र धेरै जिल्लामा छनोट भयो । पुरुषतर्फ एथ्लेटिक्स करातेमा समान ७४, ब्याडमिन्टनमा ७० , तेक्वान्दोमा ६९, टेबल टेनिसमा ५७, उसुतर्फ ५३ जिल्ल्ाामा छनोट भयो । त्यस्तै महिलातर्फ एथ्लेटिक्समा ६८, करातेमा ७१, ब्याडमिन्टनमा ४०, तेक्वान्दोमा ६३, टेबल टेनिसमा २७, उसुमा २६ जिल्लामा छनोट भयो ।
त्यस्तै कवड्डीमा पुरुषतर्फ ३१ र महिलातर्फ २५ जिल्लामा छनोट भयो । बुद्धिचालमा पुरुषतर्फ ६१ जिल्लामा छनोट भएकेा थियो । आइटिएफ तेक्वान्दोमा पुरुषतर्फ २८ र महिलातर्फ २२ जिल्लामा छनोट भयो । फुल कन्ट्याक्टमा पुरुषतर्फ ३८ र महिलातर्फ २६, भारोत्तोलनमा पुरुषतर्फ २८ र महिलातर्फ १३ जिल्लामा छनोट भएको थियो । पुरुषतर्फ बक्सिङमा ४० र बास्केटबलमा २६ जिल्लामा छनोट भएको थियो ।
जिल्लामा महिला खेलाडीको अभावका कारण बक्सिङ,बास्केटबललगायतका खेलहरूको जिल्ला तथा क्षेत्रीय छनोट हुन सकेन । बास्केटबलको हकमा क्षेत्रले टिम बनाउने र बक्सिङमा दर्ता भएका खेलाडी सोझै भाग लिन पाउने छैटौा राष्ट्रिय खेलकुद सचिवालयले जनाएको छ ।
फागुन २१ सम्म सन्चालन हुने यस प्रतियोगितामा पााच विकास क्षेत्र, दुई विभागीय क्लब-नेपाल पुलिस र सशस्त्र प्रहरी बल-एपिएफ), जनमुक्ति सेनाको पिएलए क्लब र विश्वविद्यालयको सहभागिता रहनेछ ।
सधैा सहभागी बन्दै आइरहेको नेपाली सेनाले आन्तरिक कारण दर्साउादै यसपटक सहभागिता नजनाउने सार्वजनिक गरिसकेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालय टोली समावेश गरिएको यो नै पहिलोपटक हो ।
लोकेन्द्र प्रसाईं

प्रतिक्रिया