दोलखा २६ पुस । काव्यालय दोलखाले मासिक रुपमा आयोजना गर्दै आएको जीवनका लागि कविताको तेस्रो श्रृखलामा दोलखाका तीन युवा कवि गुञ्जिएका छन् ।
शनिवार साँझ सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा युवाकविहरु सुब्बा श्रेष्ठ, राजन बस्नेत र डिल्लिनाथ सापकोटाले सशक्त कविता सुनाए । कार्यक्रममा कवि सुब्बा श्रेष्ठले क्रान्तिकारी धारका कविताले हल गुञ्जाए । उनले ‘कलम उठाए त के बिराए’, ‘कवि जी खै त कविता’, ‘आग्रह जेठी आमालाई’, ‘दिदी शर्मिला’ र नारी तिमी शिर्षकका कविता सुनाए । अर्का युवा कवि राजन बस्नेतले ‘बर्तमान नेपाल’, ‘समानता’, ‘दुःखको जीवन’, ‘छोरी’ र ‘बालक’ शीर्षकको कविता सुनाएका थिए । कार्यक्रममा अर्का कवि डिल्लिनाथ सापकोटाले ‘भूकम्प पछि’, ‘बाहुनीको बयाान’, ‘फेसबुकमा तिमी’ र ‘मायाको गुँड’ शिर्षका कविता सुनाएका थिए ।
कविता मार्फत सन्देश प्रवाह गरी समाजलाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि मासिक रुपमा जीवनका लागि कविता कार्यक्रम आयोजना गरिएको काव्यलय दोलखाका श्रीबाबु कार्की उदास ले बताए । काब्यलयले स्थानीयका साथै राष्ट्रिय तहका ख्यातीप्राप्त कविलाई जिल्लामा निम्त्याएर कविता वाचन गराउँदै आएको छ ।
प्रतिक्रिया