सरस्वतीको पुण्यकाम

sarswotiकाठमाडौं,४ मंसिर । गायिका तथा मोडल सरस्वती लामाले पछिल्लो समयमा सामाजिक कार्यमा क्रियाशील देखिएकी छन् । उनले भर्खरै मात्र कानको दुःखाइबाट पीडित भएर खर्च अभावले उपचार गर्न नसक्ने अवस्थाकी मञ्जु गुरुङलाई विभिन्न व्यक्तिहरूलाई आग्रह अनुरोध गरेर ४१ हजार रूपैयाँ जम्मा गरेकी थिइन् ।

लगतै उनै गायिकाको गृह जिल्ला सोलुखुम्बु तिङलाको अर्का बिरामी होमबहादुर भुजेललाई आर्थिक सहयोगको अपिलमा जुटेकी छन् । भुजेललाई आफैँले गुडाइरहेको ट्याक्टरले किचिर ढाड र कम्मरको हाड भाँचिनुका साथै पिसाव थैलीसमेत फुटेको अवस्थामा उद्वार गरिएको थियो ।

उपचारको क्रममा ७ लाख रूपैयाँ सकिएपछि विचल्लीमा पर्नलागेको अवस्था उनले अन्य आफन्तहरूलाई समेत सहयोगको आह्वान गर्दै बिहीबार २५ हजार रूपैयाँ प्रदान गरेकी हुन् । बिरामीका लागि सरस्वती लामाले १० हजार जुनमाया भुजेल १० हजार र छिन्डु शेर्पाले ५ हजार रूपैयाँ रकम प्रदान गरेका हुन् ।

प्रतिक्रिया