काभ्रे, ९ कात्तिक । प्राधिकरण काभ्रे शाखाको लापरबाहीले करेन्ट लागि एकको ज्यान गएको छ । काभ्रेको सदरमुकाम धुलिखेल नगरपालिका–११ का नविन हुमागार्इंको आइतबार ४ बजे करेन्ट लागी ज्यान गएको हो ।
२३ वर्षका हुमागार्इं दिउँसो आफ्नो नियमित काम सकी घरतर्फ फर्कने क्रममा ढलिरहेको पोलबाट प्रवाह भएको करेन्टमा परी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविनराज राईले जानकारी दिए । सो ठाउँमा दसैँको नवमीको दिन नै पोल ढलेको थियो सो बारे स्थानीयले दसैँमा नै पोल ढलेको बारे प्राधिकरणमा जानकारी गराए पनि विद्युत् प्रवाह गरी करेन्ट छोड्दै आएको कारण उनको मृत्यु भएको स्थानीय लक्ष्मण हुमागार्इंले बताएका छन् ।
उनका अनुसार उनले ४ गते नै प्राधिकरण काभ्रेमा विद्युत् कटौती गरी पोल परिवर्तनको लागि लिखित निवेदनसमेत दर्ता गराएका थिए । करेन्ट लागी ज्यान गुमाएका हुमागार्इंको शव स्थानीयले घटना भएको करिब २४ घन्टा पछि आज पीडित परिवारलाई क्षतिपूर्ति दिने शर्तमा पोस्टमार्टम गरी शव बुझाइएको छ । यसअघि जिल्लामा करेन्ट लागी जिल्लाको विभिन्न ठाउँमा मानवीय र पशु चौपायाको क्षति हुँदै आएको छ । यसरी व्यवारिसे अवस्थामा करेन्ट प्रवाह हुँदा काभ्रेको जुनै ठाउँमा पनि जति नै बेला पनि केरेन्टले मानिसको ज्यान लिने तरिकाले पोल र तारहरू अस्तव्यस्थ रूपमा छरिएर रहेको भए पनि प्राधिकरण काभ्रेले त्यसको बेवास्ता गर्दै आएको छ ।
जिल्लामा करेन्ट लागी धैरै धनजनको विनास भएको विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख भीमकान्त शर्माले सबै पक्षले समयमा नै उचित निर्णय लिनुपर्नेतर्फ सचेत रहनुपर्ने बताएका छन् । जिल्लाको सदरमुकामकै नगरपालिकामा यस्तो हालतमा रहेको कुरा जानकारीमा आए पनि विद्युत् प्राधिकरणका कर्मचारीले चासो दिन नसकेको भन्दै उनीहरूविरुद्ध जिल्लाबासीले यसअघि पनि आवाज उठाउँदै आएका छन् ।
प्रतिक्रिया