अगाडि नै फूल फुलेपछि समस्या

sayapatri-phoolभोजपुर, ४ कात्तिक । तिहारभन्दा अगाडि नै पूmल फुलेपछि नेपालीहरुको दोस्रो ठूलो चाड शुभदिपावली आउनु अगाडि नै पूmलको अभाव हुने अवस्था देखिएको छ । विशेष गरी चेली र माइतीको सम्बन्धलाई प्रगाढ बनाउँदै मनाइने यस पर्वमा अधिकरुपमा पूmलको प्रयोग गरिने यो पर्वमा फूलकै अभाव देखिएको हो ।

जिल्लामा व्यावसायिक रुपमा पूmलखेती गर्दै नआए पनि आफ्नो लागि आवश्यक पर्ने फूल आफै रोप्ने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । तिहार आउनभन्दा अगाडि नै पूmल फुलेसँगै तिहारमा पूmलको समस्या हुने अन्नपूर्ण–५ का सुशीला राईले बताइन् । राईले भनिन्, ‘पूmलेको पूmल अहिले नै सुकिसक्यो तिहारमा के चलाउनु’ विशेष गरी ८ असार भूमिराजको दिन तिहारमा फुल्ने पूmलको दल राख्ने चलन रहेको छ । कात्तिक कृष्णपक्ष तिथिबाट कागतिहारको नामबाट सुरु भई कात्तिक शुक्लपक्षका दिनगरी पाँच दिनसम्म मनाइने यस पर्व हिन्दू धर्मशास्त्रअनुसार सूर्यका छोरा यमराजले बहिनी यमुनाको निम्तो स्वीकार गरेर यमुनाको घरमा गई रमाएर खुशीका साथ मनाइने भनिएको छ ।

यस पर्वले मानव तथा पशुपंक्षीबीचको सम्बन्धसँगै चेली माइतीबीचको आत्मीयता र पवित्र स्नेहसँगै सम्बन्धलाई छर्लंग पार्नुका साथ सम्बन्ध प्रगाढ बनाउनु यस पर्वको विशेषता हो । यस चाडमा सयपत्री, मखमली, दुबोलगायत पूmलको माला लाउने चलन रहिआएको छ ।

प्रतिक्रिया