बल देउ भिमसेनको भरमा यातायात

kareकाभ्रे, २१ असोज । दशैँको मुखमा अविरल पानी पर्नु र स्थानीय सडकहरुको मर्मत हुन नसक्नुले काभ्रेका तिमाल, डाँडापारी क्षेत्रको गाविसहरुका स्थानीय बासीहरुलाई यातायात साधनमा चढ्नु शास्ति खेप्नु जस्तै बनेको छ । हिलाम्ये सडकमा गाडी फसेपछी लामो डोरी लाएर उकोलामा गाडी तान्नु उनीहरुको नियती हो ।

केहीदिन अघि काभ्रेकोे डाँडापारीको घर्तिछाप जाँदै गरेका होमेन्द्र राना मगरले यो नियती खेपेको बताए । उनलाई यसो गर्न नौलो त लागीरहेको थिएन तर पनि आफुलाई सुविधा होला की भनेर चढेको गाडीलाई तान्दा आफै थलो परेपछि दुःख भने लागेको जनाए । उनले भने, ‘गाह्रो साह्रो पर्दा बोल्ने शब्दहरु प्रयोग गर्दै बसलाई डोरी लगाएर तान्ने काम ग¥यौँ ।’

करिब २० यात्रुहरु सहित आफुहरुले डोरी लगाएर ‘बल देउ भिमसेन, भन्दै गाडी तानेर यात्रालाई पूर्णता दिएको उनले बताए । उनले दुखेसो पोखे, ‘हामी यहाँ ठुला गफ गरिरहेका छौ बास्तविकता बुझ्न सम्बन्धीत निकाय चाहाँदैनन् ।’

यता लामो समय देखी रहेको यातायात क्षेत्रको सिन्डिकेटड केही ठाउँमा तोडिएको छ । काभ्रेको बिर्ता देउरालीमा केही महिना अघि २७ जना मृत्यु हुने गरि भएको दुर्घटना पश्चात त्यहाँ सुमो र बस दुबै चल्न थालेका छन् । सुमो र बस सेवा दुबै सञ्चालन भएपछि आवागमनमा स्थानीयलाई केही सहज भएको कोशीपारीका बाबुकृष्ण पन्तले बताए । कोशीपारीतीर चाडवाडकालागी खचाखच बसमा र बसको छतमा समेत यात्रुहरु राखेर यातायात सञ्चालन गरिँदै आएको भएपनि यो क्रम भने कम भएको छ ।

काभ्रेको केही भेगहरुमा भने अझै यस्ता समस्या रहेका छन् । तिमाल, डाँडापारी क्षेत्रको गाविसहरुका स्थानीयवासीहरु पुरानै शैलीमा यात्रा गर्न बाध्य छन् । अघिपछिको समय भन्दा चाडवाडमा निकै मानिसहरुको चाप बढ्ने हुँदा यात्रा कष्टपुर्ण हुनेगरेको घर्तिछापका होमेन्द्र थापाले बताए । थापाले भने, ‘बस तान्ने, घचेढ्ने गर्दै दिनभरिको यात्रा गर्दापनि गन्तव्यमा पुग्न मुस्कील छ ।’ उनको गाउँमा पुग्न वसपार्क देखि ३ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । डाँडापारीको केही गाविसमा अझै पनि पुर्ण रुपमा सडक बाटो पुग्नै सकेको छैन ।

काभ्रेको तिमाल नारायणस्थान, मेच्छे, रुट चल्ने बसपनि यस्तै खचाखच भरिएको हुन्छ दिनमा जम्मा २ वटा बस संख्या राखिदै आएको छ । यस्तै ठुलो पर्सेल, सस्र्युखर्क, बोडे दोभान, कोशीदेखा, चल्ने बसहरुको हालत पनि यस्तै छ । बर्षातको कारण र चाडबाडमा मानिसको चापका कारण जोखीममा यातायातायात सञ्चालन गर्दै आएका हुन् ।

प्रतिक्रिया