काठमाडौं, १८ असोज । भारतीय राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा नेपाल आउने भएका छन् । उनको भ्रमणको मिति तय भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी १९ गतेसम्म नेपालमा रहनेछन् । स्रोतका अनुसार उनी काठमाडौं बाहिर पनि जाने सम्भावना रहेको छ । मन्त्रालय स्रोतका अनुसार १७ देखि १९ कात्तिकसम्म भ्रमणको मिति तय भए पनि नेपालमा रहँदा कहाँ–कहाँ जाने भन्ने बारेमा अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।
प्रतिक्रिया