नीति तथा कार्यक्रम २५ वैशाखमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम २५ वैशाखमा संसदमा सम्बोधन गर्ने भएकी छन् । सभामुख ओनसरी घर्ती मगरले आइतबार प्रमुख दलका प्रमुख सचेतकसँग गरेको बैठकले वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने मिति टुंगो लगाएको हो । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि संशोधन म्याद २६ गतेलाई तोकिएको जानकारी दिए ।

नीति तथा कार्यक्रमपछि १५ जेठमा सरकारले वार्षिक बजेट प्रस्तुत गर्नेछ । संसद् सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुतिदेखि असार मसान्तभित्र बजेट पारित गर्न बनाएको कार्यतालिकामा सामान्य संशोधन गरी बैठकले टुंगो लगाएको एमाले प्रमुख सचेतक ढकालले जानकारी दिए ।

मंगलबारबाट सुरु हुन लागेको संसद्को बजेट अधिवेशनको पहिलो दिनको दोस्रो बैठकमा अर्थमन्त्री विष्णु पौडेले प्रि–बजेट छलफल गर्न प्रस्ताव गर्नेछन् । २२, २३ र २४ वैशाख ३ दिन प्रि–बजेट छलफल हुनेछ । (सौस)

प्रतिक्रिया