काभ्रे, २० चैत । जाँ हेनरी ड्युनाको संस्थापनमा जेनेभामा सन् १८६३ मा स्थापना भएको रेडक्रस २०१९ मा नेपालमा स्थापना भएको थियो । काभ्रेमा ०२२ सालमा रेडक्रसको स्थापना भएको थियो । सोही अवसरमा जिल्ला रेडक्रसको ४०औँ जिल्ला भेला नालामा सम्पन्न भएको छ । रेडक्रस केन्द्रीय अध्यक्ष सञ्जीव थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा काभ्रे रेडक्रसले गरेका गतिविधिका बारेमा छलफल भएको थियो । आगामी दिनमा रेडक्रसको विकास र काम गर्ने पद्धतीका बारे भएको छलफलमा विशेष अतिथिको रूपमा केन्द्रय माहामन्त्री हरिप्रसाद न्यौपाने उपस्थित थिए । उनले रेडक्रस कुनै राजनीति गर्ने थलो नभएको र यसमा आस्था र विचार केबल मानवहितको पक्षमा मात्रै रहेको बताएका छन् ।
भेलामा बोल्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष नारायण सापकोटाले जिल्लामा भएको सबै रेडक्रसको गतिविधिप्रति सबैले गौरव गर्नुपर्ने बताएका छन् । जिल्ला सभापति रधुवर चौप्रधानको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्दीय अध्यक्ष थापाले जस्तो सुकै विपत्तीमा पनि सहकार्य गर्दै अगाडि बढ्न सुदृढ भएर लाग्न सबै रेडक्रसकर्मीलाई अपिल गरेका छन् । १२ र २९ वैशाखमा गएको भूकम्पले पु¥याएको मानवीय क्षतिप्रति आफू चिन्तित भएको र पुनर्निर्माणमा सरकारको चासो नभएकाले आपूmहरू चिन्तित भएको अध्यक्ष प्रधानले बताए । उनले आफ्नो क्षेत्रबाट पुनर्निर्माणमा सक्दो काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
कार्यक्रममा ललितपुर जिल्ला रेडक्रसका अध्यक्ष बेखामान श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला रेडक्रस राजेन्द्र पाल्पावेडेलगायत ६ जिल्लाका अध्यक्षहरूको सहभागी रहेको थियो । कार्यक्रममा जिल्ला रेडक्रसको ३० उपशाखाका २ सय प्रतिनिधिको उपस्थिति रहेको थियो । भेलामा विपत्तीको सामना गर्न प्रशिक्षणसमेत दिइएको थियो । भेलाको समापन गर्दै सभापति चौप्रधानले काभ्रेमा रेडक्रसमा राजनीतिक विचारको आधारमा कुनै काम नभएको र आफूहरू यस्तो पक्षमा कदापि काम गर्न नसक्ने भन्दै जिल्ला रेडक्रसलाई नमुना रेडक्रस बनाउने पक्षमा जस्तोसुकै सहकार्य गर्न पनि तयार रहेको बताएका थिए ।
प्रतिक्रिया