कटारी गोल्डकपको उपाधि माइभ्यालीलाई

katari gold cupउदयपुर, ७ चैत । सिभिल होम्स दोस्रो कटारी गोल्डकपको उपाधि माइभ्याली फुटबल क्लब इलामले कब्जा गरेको छ । माइभ्यालीले आइतबार सम्पन्न फाइनलमा आयोजक कटारी–११ लाई ४–२ ले हराउँदै उपाधि हात पा¥यो ।

उपाधि कब्जा गरेसँगै माइभ्यालीले नगद १ लाख २५ हजारका साथमा ट्रफी उचाल्दा उपविजेता आयोजक कटारी–११ ले नगद ७५ हजारमा चित्त बुझायो । खेलमा म्यान अफ द म्याच माइभ्यालीका पुजन उप्परकोटी, उत्कृष्ट खेलाडी माइभ्यालीका छिरिङ शेर्पा घोषित भए । त्यसैगरी सर्वोच्च गोलकर्तामा ४÷४ गोल गरेका माइभ्यालीका पासाङ शेर्पा र कटारीका टंकु लामा घोषित भए । त्यसैगरी उदीयमान खेलाडी कटारीका रतन परियार घोषित भए ।

खेलको छैठौँ मिनेटमै माइभ्यालीका विकाश लिम्बूले खाता खोल्दै अग्रता दिलाएका थिए । पुनः पहिलो हाफकै २८औँ मिनेटमा पासाङ शेर्पाले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा माइभ्याली २–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि माइभ्यालीका पुजन उप्परकोटीले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए । पुनः खेलको अन्तिम समयमा माइभ्यालीका पासाङ शेर्पाले गोल गरे । आयोजक कटारीका लागि दोस्रो हाफमा रन्जित आले मगर र रतन परियारले १–१ गोल गरेका थिए । विजेता र उपविजेता तथा पुरस्कृत खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया