भारत जाने अनुमति पाए पाक क्रिकेट टिमले

लाहोर । पाकिस्तानी क्रिकेट टिमले भारतमा जारी टि–२० विश्वकप क्रिकेट खेल्ने अनुमति पाएको छ । पाकिस्तान सरकारले पाकिस्तानी क्रिकेट टिमलाई उक्त अनुमति दिएको हो । अनुमतिसँगै पाकिस्तान टी–२० विश्वकपमा सहभागी हुने निश्चित भएको छ ।
पाक खेलाडीको सुरक्षामा खतरा रहेको भन्दै पाक सरकारले भारत भ्रमण नगर्न क्रिकेट बोर्डलाई निर्देशन दिएको थियो । तर, पाकिस्तान क्रिकेट बोर्डको कार्यकारी समितिका अध्यक्ष नजम सेठीले पाकिस्तानका गृहमन्त्री चौधरी निसार अली आनसँग छलफल गरेपछि विश्वकपमा सहभागी हुन सरकारले अनुमति दिएको थियो । पाकिस्तानी टोली शनिबार भारत जानेछन् । विश्वकप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको खेल ६ चैतमा हुनेछ । कोलकातामा हुने खेल सरेर धर्मशालामा हुने तय भएको थियो । (एजेन्सी)

प्रतिक्रिया