धादिङका होटेलबाट ग्राहक ठगिने क्रम जारी

anchoringधादिङ, २० पुस । पृथ्वी राजमार्गको धादिङमा खुलेका होटलबाट दैनिक सयौँ ग्राहक ठगिने गरेका छन् । नियामक निकायको अनुगमनको अभावमा दैनिक सयौँ ग्राहक यी होटलहरूबाट ठगिने गरेका छन् ।

लामो दुरीमा चल्ने सवारी साधनहरूले यो क्षेत्रमा चिया, नास्ता र खाजाको लागि रोक्ने गर्छन् । तर, जिल्ला होटल संघ धादिङले यस्ता होटलमा उच्च मूल्य कायम गरी मूल्यसूची टाँगेको छ जसले गर्दा दैनिकरूपमा ग्राहकहरू ठगिन बाध्य भएका छन् ।

यस्ता क्षेत्रमा दैनिकरूपमा ग्राहकहरू ठगिने गरे पनि सवारी चालकले भने यस्ता होटलमा सवारी रोकेवापत केही रकम समेत पाउने गरेका छन् । एक सहचालकले भने ‘यात्रु धेरै भएको दिनमा पैसा पनि दिन्छन् भने यात्रु थोरै भएको दिनमा खाजा मात्रै फ्रि हुन्छ ।’ यो राजमार्गमा रहेका यस्ता होटल वरिपरि बिरलै मात्रै अन्य होटल खोलिएका हुन्छन् । जसले गर्दा विकल्पको अभावमा एउटै होटलमा ठगिएर भए पनि यात्रुहरू खाजा खान बाध्य भएका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदी भने कर्मचारी अभावको कारण यस्ता होटलको अनुगमनमा जान नसकेको बताउँछन् । उनले भने ‘दैनिक ग्राहक ठगिने गरेको थाहा हुँदाहुँदै पनि कर्मचारीको अभावमा उक्त क्षेत्रमा अनुगमन गरी त्यस्ता व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन सकिएको छैन ।’

धादिङ जिल्ला प्रशासन कार्यालयमा आपूm मातहतमा १५ जना मात्रै कर्मचारी रहेको उनले जानकारी दिए । केही समय भित्रैमा अनुगमन गरी यस्ता व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने उनले सेतोपाटीसँग प्रतिबद्धतासमेत व्यक्त गरे ।
गत शु

क्रबार अर्घाखाँची घर जान लागेका सुरेन्द्र टण्डनले धार्केमा रहेको भेरी होटल एन्ड फास्टफुडबाट ठगिएको सेतोपाटीसँग गुनासो गरे । उनले भने, ‘दुईवटा सेल एक कप चिया र एक तरकारी खाएको १ सय ४० रुपैयाँ, यस्तो ब्रम्हलुट पनि गर्न पाइन्छ खोई सरकारको अनुगमन ?’

जिल्ला होटल संघ धादिङले टाँगेको मूल्य सूचीमा नै उच्च मूल्य कायम गरिएको छ । अचारलाई प्रति प्लेट ३० रुपैयाँ कायम गरिएको छ । खाजा अर्डर गर्ने ग्राहकलाई साथमा अचार पनि ल्याइदिन्छन् । जसको मात्रा एकदमै कम हुन्छ भने मूल्य ३० रुपैयाँ नै तिर्नुपर्दछ ।

स्वयं धादिङका होटल व्यवसायीहरू पनि जिल्ला होटल संघले टाँगेका मूल्यसूची अत्यन्तै महँगो भएको बताउँछन् । भेरी होटल एन्ड फास्टफुडका सञ्चालकले नाकाबन्दी पछि आपूm यो मूल्यसूचीलाई फेरबदल गर्ने बताउँछन् ।

चर्काे रकम असुल गर्न छाडेपछि यी होटलको बारेमा जानकारी पाएकाहरू भने बिरलै मात्रै खाजा खान होटलमा पस्छन् । चर्को मूल्यका कारण यात्रुहरू मध्ये झन्डै ७० प्रतिशत पसल बाहिर खाजा नखाई बसेका हुन्छन् । तर, ३० प्रतिशत ग्राहकबाटै यी होटल व्यवसायीहरूले भने मनग्य फाइदा लिने गरेका छन् ।

नाम नखुलाएका भेरी होटल एन्ड फास्टफुडका सञ्चालकले भने, ‘महँगो भएरै कैयन ग्राहकले खाजा खान छाडे म अब मूल्य फेर्ने सोचमा छु । हाम्रो संघले टाँगेको मूल्यसूची नै महँगो छ ।’ उनले ग्राहकको लागि उक्त मूल्यसूची सुहाउँदो नभएको बताए पनि पैसा भने सोही दरमा नै असुल गरेका थिए ।

यी होटलमा पाइने खाजाहरूको गुणस्तरसमेत राम्रो छैन । केही समयअघि खाद्य प्रविधी तथा गुणस्तर विभागले यस्ता होटलमा टाँगेका स्टिकरहरू समेत अहिले भेटिदैनन् । नियामक निकायको अनुगमनका अभावमा अहिले यस्ता होटलबाट दैनिक ग्राहक ठगिएका मात्रै छैनन् अस्वस्थकर खाजासमेत खान बाध्य भएका छन् ।

 

प्रतिक्रिया