रेडियो परासीमा पेट्रोल बम प्रहार

रुपन्देही, १० मंसिर । रुपन्देही स्थित रेडियो परासीको कार्यालयमा बुधबार राती अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । राति करिव दश बजेको समयमा अज्ञात समूहले रेडियोको स्टेशनमा पेट्रोल बम प्रहार गरेको सामूदायिक रेडियो परासीले जनाएको हो । पेट्रोल बम प्रहार सँगै रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ । अज्ञात समूहको आगजनीबाट मोटरसाईकल पूर्ण रुपमा ध्वस्त भएको छ । पेट्रोल बम प्रहार गर्नु अघि ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरि धम्की दिईएको श्रोतले जनायो । यस्तै मधेसमा जारी आन्दोलनको क्रममा रेडियो परासीलाई पटक पटक धम्की आउने गरेको थियो ।

रेडियो स्टेशनमा भएको यस किसिमको घटना प्रति सामूदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चायले घटनाको घोर भत्र्सना गरेका छन् । उनले यस घटनापछि अनिश्चीतकालका लागि रेडियोको प्रशारण बन्द गरेको बताए । रेडियो स्टेशनको सुरक्षा नभएको तथा पटक पटक धम्की आउने क्रम जारी रहेकाले रेडियो सन्चालन गर्न सक्ने स्थिती नआएपछि बिहिबार विहान साँढे ६ बजे देखि अनिश्चीतकालका लागि रेडियोको प्रसारण बन्द गरिएको रेडियोका प्रवन्ध निर्देशक मेघराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया