भुवन र अनमोल दुबईमा

anmol-and-bhuwan-kcकाठमाडौं, ४ मंसिर । नायक अनमोल केसी र उनको बुवा पिता नायक भुवन केसी प्रायसँगै हुने गरेका छन् । अनमोल नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय निकै व्यस्ता हिरो हुन् । तर उनले बआफ्नो बाबुको साथ छोड्न मान्दैनन् ।

भुवनले श्रीमती सुस्मितालाई डिभोर्स दिए पनि अनमोल बाबुसँगै बस्दै आएका छन् । सायद, यसैले पनि होला भुवन अनमोलसँग जोडिएका विभिन्न बिषयमा सामेल हुन्छन् र आफ्नो विचार राख्छन् । चलचित्रको छनोटको बिषय होस् वा गर्ने नगर्ने भन्ने बिषयमा होस्, भुवनकै निर्णय हुन्छ । अनमोल भुवनकै कुरालाई सहर्ष मान्छन् र त्यहीअनुसार काम गर्छन् ।

भूवन र अनमोलको यो मिलनलाई अचम्म मान्नेहरु पनि उत्तिकै छन् । केही समय अगाडि ‘ग्याङ स्टार ब्लुज’ नामक एक चलचित्रमा अनमोलले काम गर्ने वा नगर्ने भन्ने विषयमा भुवन केसी अगाडि देखिएका थिए ।

यतिबेला भने नायक केसी छोरा अनमोललाई लिएर दुबइ पुगेका छन् । केही महिना अगाडि नायक आर्यन सिग्देलले उद्घाटन गरेर सुरु भएको ‘नेप्लिज आर्टिस्ट गु्रप’ले आफ्नो शाखा विस्तार गर्दैछ । यूएइमा आयोजना हुन लागेको परिचयात्मक कार्यक्रमका लागि नायक भुवन र अनमोल त्यहाँ पुगेका हुन् ।

यो कार्यक्रममा केही सांगीतिक प्रस्तुति पनि हुने संस्थाका संरक्षक रतन थापाले जानकारी दिएका छन् । भुवन र अनमोल एकसाथ विदेश पुगेको यो पहिलो  पटक भने होइन । विदेश जाँदा पनि भुवन अनमोललाई लिएर जाने गरेका छन् । यो कार्यक्रम आयोजना गर्ने रतनले यस अगाडि नायिका रेखा थापालाई युएई लगेर ‘तीज महोत्सव’ आयोजना गरेका थिए ।

प्रतिक्रिया